Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासीको अरुणखोलामा बिहानै देखि सवारी साधन अवरुद्ध
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीको अरुणखोलामा बिहानै देखि सवारी साधन अवरुद्ध

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0
नवलपरासीको अरुणखोलामा बिहानै देखि सवारी साधन अवरुद्ध
70
SHARES
ShareTweet


पुलमा बनाएको डाइभर्सन पानीले भत्कायो, यात्रुहरु समस्यामा

रामकुमार श्रेष्ठ



नवलपरासी, ३१ श्रावण । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा ट्रक ठोक्किएर पुल भासिएपछि अवरुद्ध भएको सडक खुलाउन बनाइएको डाइभर्सन विग्रिएपछि शुक्रबार विहानबाट पुन यातायात अवरुद्ध भएको छ ।
विहिबार साँझ ६ बजेतिरबाट डाइभर्सन प्रयोग गरेर यातायात एकतर्फी रुपमा सञ्चालनमा आएपनि डाइभर्सनबाट ठूला तथा भारी लोडका सवारी साधन पास हुन नसक्दा यातायात अवरुद्ध हुन पुगेको अरुणखोला प्रहरीले जनाएको छ ।
एक मिनेटमा पास हुने पुलको बाटो अवरुद्ध भएपछि एउटा गाडीलाई पास हुन २ घण्टासम्म समय लाग्ने गरेको छ । विहिबार साँझ डाइभर्सन बनेपछि एक पटकमा एकतर्फी रुपमा ४०÷५० वटा सवारी साधन पास गराएको भएपनि पुन डाइभर्सन विग्रिएका कारण यातायात अवरुद्ध भएको छ । प्रहरीका अनुसार अरुणखोलाबाट पूर्वपश्चिम दुवैतर्फ ४÷५ किलोमिटर लामो जाम भएको छ ।
अहिले दिनभर कुर्दा पनि यातायात पास हुने पालो आउन नसकेको कारण यात्रुहरु बिच बाटोमा नै अपलपत्र पर्नु परेको यात्रुहरुले गुनासो गरेका छन् ।
बुधबार पुल भासिएपछि सोही दिन टिप्पर हिड्ने लिगलाई प्रयोग गरेर सवारी साधन पास भएको भए पनि अहिले उक्त लिगबाट गाडी हिड्न छाडेका छन् । शुक्रबार विहानबाट कावासोतीबाट पश्चिम जाने सवारी साधनलाई कावासोतीमै रोकिएको छ ।
बाटो अवरुद्ध भएको दुवैतर्फ ७÷८ किलोमिटर लामो जंगल भएको र जंगलमा फोन समेत नलाग्ने हुँदा यात्रुहरुले आफू जाममा परेको कुरा आफ्नो घर र आफन्तलाई समेत फोन सम्पर्क गर्न नसकेर निक्कै अप्ठेरोमा परेका छन् ।
सडक डिभिजन कार्यालयले डाइभर्सन निर्माणका लागि अमानतमा ठेकेदारलाई जिम्मा दिएका कारण डाइभर्सन बन्दै भत्कदै गरे नाफा हुने भएका कारण पनि स्थायी डाइभर्सन बनाउनतर्फ चाँसो बढेको छैन ।
कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो गरेका छन् ।
अरुणखोलाका पत्रकार लालकुमार भट्टराईका अनुसार सडकमा केही सवारी साधन घटे जस्तो भए पनि को छिटो जाने भन्ने विषयमा तछाडमछाड गर्दा थप जाम भएर अर्को समस्या थपिने गरेको छ । बिचबिचमा हुने जाम खुलाउन प्रहरी र ट्राफिक प्रहरी खासै परिचालन नभएको यात्रुहरुले गुनासो गरेका छन् । जंगलको बिचमा रोकिएका यात्रुहरुलाई पिउने पानीको समेत समस्या भएको छ ।

≪ Previous Post

६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

Next Post ≫

पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही सम्पर्क समाजमा तीज मिलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क