६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ
नवलपरासी, ३१ साउन । अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवलले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीवार ६५ हजार रुपैयाँ घुुस रकमसहित पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार उनीहरु दुबैजनालाई परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट पक्राउ गरिएको हो ।
आयोगका अनुसार शिक्षकको सरुवा सहमति र रमाना मिलाइदिएबापत उनीहरुले सो रकम घुस लिएका हुन् ।