Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सचेतक ढकालको घरमा बम विष्फोट प्रकरण : छानबिनमा कुनै कसर बाँकी नराख्न मुख्य मन्त्रीको निर्देशन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सचेतक ढकालको घरमा बम विष्फोट प्रकरण : छानबिनमा कुनै कसर बाँकी नराख्न मुख्य मन्त्रीको निर्देशन

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0
सचेतक ढकालको घरमा बम विष्फोट प्रकरण : छानबिनमा कुनै कसर बाँकी नराख्न मुख्य मन्त्रीको निर्देशन
150
SHARES
ShareTweet

बुटवल, ३१ साउन
प्रदेशसभा पाँच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा शुक्रवार विहान पेट्रोल बम प्रहार गरिएको छ ।
रुपन्देही जिल्लाको सैनामैनानगरपालिका ७ मा रहेको ढकालको घरमा शुक्रवार विहान २ वजे ३ वटा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।
ढकाल सुुत्ने कोठा, उहांँका आमाबुवा सुुत्ने कोठा र ढकालले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरको सरकारी गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ ।
सचेतक ढकाल भने विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा विरामी भएर उपचाररत हुनुहुन्छ । बम कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार प्रहार भएका ३ वटा पेट्रोल बम मध्ये गाडीमा लक्षित बम मात्र विस्फोट भएको । एउटा बममात्र बिस्फोट भएकाले धेरै धनजनको क्षति हुुन नपाएको प्रहरीले जनाएको छ ।
गाडीमा लागेको आगो छिमेकीहरु जुटेर निभाएका थिए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापासहितको प्रहरी टोली राति नै घटनास्थल पुगेर घटनास्थलको निरिक्षण गरेको थियो । त्यसक्रममा पेट्रोल र मट्टीतेल भरिएका बम फेला परेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक रवि मैनालीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको बताउनु भयोे ।
यसैबीच शुक्रबार बिहान प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहित सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मार्मिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, डाक्टर कृष्ण न्यौपाने, निर्मला क्षेत्री, सांसद कमला विश्वकर्मा, तारा जिसी, प्रमूख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल लगायतको टोलीले घटनास्थलको निरीक्षण गरेको हो ।
निरिक्षण पछि मुख्यमन्त्री पोखरेलले घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नु भयो । मुख्यमन्त्री पोखरेलले घटनाको छानबिनका लागि कुनै कसुर नराख्ने भन्दै परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताउनु भयो । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले घटनामा संलग्नको खोजबिन गरेर कानुनी दायरामा ल्याइने दावि गर्नु भयो ।

≪ Previous Post

पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही सम्पर्क समाजमा तीज मिलन

Next Post ≫

तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता र सरसफाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क