Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता र सरसफाई
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता र सरसफाई

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0
तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता र सरसफाई
60
SHARES
ShareTweet


बुटवल, ३१ साउन । बुुटवल उपमहानगरपालिका ११, देविनगरमा अवस्थित तिनाउ इङ्गलिस बोर्डिङ्ग स्कूूलमा विद्यालयको नियमित शुुक्रबारीय सप्ताहव्यापी कार्यक्रम अन्तरगत विविध प्रतियोगिता तथा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् ।
जस अन्तरगत तिनाउ सचेतना क्लवको आयोजना तथा इन्चार्ज नारायण ज्ञवालीको संयोजकत्वमा वातावरण सरसफाई कार्यक्रम भएको छ भने तिनाउ साहित्य वाटिका तथा तिनाउ ड्रामा क्लवको आयोजना तथा इन्चार्ज विश्वाश भण्डारी र वसुन्धरा पन्थीको संयोजकत्वमा कक्षा (१—९)को ‘जनै पूर्णिमा तथा रक्षाबन्धन’ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
यस्तै तिनाउ इङ्गलिस सोसाईटीको आयोजना तथा इन्चार्ज वेद प्रसाद न्यौपानको संयोजकत्वमा कक्षा (५—९)को ‘स्थानीय क्षेत्रको विकासमा दक्ष्य जनशक्तिको भूमिका’ शिर्षकमा अँग्रेजी वक्तृत्वकला प्रतियोगिता, तिनाउ साइन्स क्लवको आयोजना तथा इन्चार्ज नारायण पोख्रेलको संयोजकत्वमा तिनाउ साइन्स क्वीज कक्षा (६—९), तिनाउ आईटी क्लवको आयोजना तथा इन्चार्ज प्रदिप अधिकारीको संयोजकत्वमा आईटी भिजुवल क्वीज प्रतियोगिता, तिनाउ क्वीज क्लबको आयोजना तथा इन्चार्ज कृष्टिना पैड्यालको संयोजकत्वमा जेनेरल क्वीज कक्षा (५—९), र नर्सरी इन्र्चाज लिला शर्मा त्यसैगरी एल.के.जी र यूू. के.जी इन्चार्ज हेमकुुमारी थापाको संयोजकत्वमा प्रिपाइमरी लेवलमा राइम्स प्रतियोगिताहरु सम्पन्न भएका बिद्यालयले जनाएको छ ।
शुक्रवार भएका विभिन्न प्रतियोगिताहरु मध्ये इन्चार्ज नारायण ज्ञवाली संयोजकत्वमा तिनाउ सचेतना क्लवले विद्यालयको प्राङ्गण, फुलवगैचा देखि सरसफाई गर्दै बुटवल ११ देवीनगरमा अवस्थित देवीनगर चौपारी क्षेत्र हुंदै होराईजन चोकसम्म सरसफाई क्रियाकलाप सम्पन्न गरेको छ ।
विद्यालयमा आयोजित विभिन्न प्रतियोगिता अन्तर्गत ‘जनै पूर्णिमा तथा रक्षाबन्धन’ वक्तृत्वकला प्रतियोगितामा अन्नपूूर्ण सदन कक्षा १ स्टारका दिव्या ज्ञवाली, माछापुुच्छ्रे सदन कक्षा १ सनका मनिस सुनार र सगरमाथा सदन कक्षा ५ स्टारका बिश्वास खाती क्रमश प्रथम, द्वितीय र तृतिय भएका छन् । यस्तै सोही प्रतियोगिता अन्तर्गत कक्षा (६—९)मा माछापुुच्छ्रे सदन कक्षा ८ स्टारका नमिता थापा प्रथम, अन्नपूूर्ण सदन कक्षा ९ स्टारका आरोग्य ज्ञवाली द्वितीय र सगरमाथा सदन कक्षा ८ स्टारका रन्जित पोख्रेल तृतिय भएका छन् ।
यसैगरी कक्षा (६—९) तिनाउ साइन्स क्वीजमा अन्नपूूर्ण सदनका आरोग्य ज्ञवालीको समूह प्रथम, सगरमाथा सदन निशा रानाको समूह द्वितीय र माछापुुच्छ्रे सदन सत्यम ज्ञवालीको समुह तृतिय भएको छ ।
कक्षा (४—९) आईटी भिजुवल क्वीज प्रतियोगितामा दर्पन रिजाल प्रथम, प्रशान्त पैडेल द्वितीय र डुम बहादुर बुडा तृतिय, जेनेरल क्वीजमा प्रतिक पैडेलको समूह प्रथम, प्रशान्त पैडेलको समूह द्वितीय र सुदिप सारुको समूह तृतिय, कक्षा ४—९ को अँग्रेजी वक्तृत्वकलामा अन्नपूूर्ण सदन कक्षा ८ सनका सरस्वती खनाल प्रथम, सगरमाथा सदन कक्षा ८ स्टारका अन्शु श्रेष्ठ द्वितीय र माछापुुच्छ्रे सदन कक्षा ८ स्टारका वर्षा पौडेल तृतिय भएका छन् ।
नर्सरी तर्फ राइम्स प्रतियोगितामा अप्सना के.सी रोज प्रथम, सरिता सुवेदी मून द्वितीय र श्रीजिका ढकाल सन तृतिय, एल.के.जी तर्फ राइम्समा भूवना सुवेदी मून प्रथम, करिस्मा दर्लामी सन द्वितीय र रिया खनाल रोज तृतिय, तथा यूू. के.जी तर्फ राइम्समा प्रिन्सा कार्की मून प्रथम, सन्ध्या थामी स्टार द्वितीय र दिपेश बरकुवार रोजले तृतिय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विजयी सबै बिद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमुुर्ती पाण्डे र विद्यालयकी प्राचार्य सिता पाण्डेले पुुरस्कार प्रदान गर्दै विद्यालयले जनचेतना मूलक कार्यक्रमहरु हरेक वर्ष गर्दै आएको र विद्यार्थीहरुलाई पढाईका अलवा अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई सहभागि गराउदै आएको वताउनु भयो ।
विद्यालयका सह प्रचार्य ईश्वरी पाण्डेले विद्यार्थीमा बोल्ने बानीको विकास र नैतिकताको विकासका लागि यस्ता कार्यक्रम थप प्रभावकारी हुने वताउनु भयो ।

≪ Previous Post

सचेतक ढकालको घरमा बम विष्फोट प्रकरण : छानबिनमा कुनै कसर बाँकी नराख्न मुख्य मन्त्रीको निर्देशन

Next Post ≫

नेकपामा ३३ विभाग र सात प्रदेश कमिटीको नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क