Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज श्रावण शुक्ल पुर्णिमा, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज श्रावण शुक्ल पुर्णिमा, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
आज श्रावण शुक्ल पुर्णिमा, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै
90
SHARES
ShareTweet

बुटवल, ३० भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज (बिहिबार)जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । ब्राह्मण तथा क्षेत्री पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै वार्षिक रुपमा परिवर्तन तथा धारण गर्ने पर्वको रुपमा यो पर्व मनाउने गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
शास्त्रीय मान्यता अनुसार तागाधारी अर्थात ब्राह्मण, क्षेत्री र बैष्य जातीले वर्षभरी वेद पढेर त्यसको समाप्ती गर्ने दिनमा जनैपुर्णिमा मनाउने गरिन्छ । अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, बिहानै नदी तलाउमा गाईको गोबर तथा तुलसीको माटो लगाई स्नान गर्ने प्रचलन छ । स्नान गरी जौ, तिल र कुशद्धारा सप्तऋषी, ब्रह्मा, विष्णु र महेश्वरको पुजा गरी जनै मन्तरेर नयाँ जनै र्फेर्ने धार्मिक प्रचलन रहि आएको छ ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
जनैमा रहेको शिखा अर्थात ससाना गाठालाई जनैको मुटुको रुपमा लिइन्छ । जनै धारण गर्दा शरीरको रक्षा गर्ने, आयु बढाउने, शक्ति प्रदान गर्ने तथा नित्य कर्ममा लाग्न प्रेरित गर्ने धार्मिक विश्वास छ ।
जनैपुर्णिमाका दिन ब्राम्हणद्धारा जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) बाध्ने प्रचलन छ ।
तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।


यसैबिच सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश २ सरकारले जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएका छन् । तर इदमा बिदा दिएको प्रदेश ५ को सरकारले भने जनै पुर्णिमामा बिदा दिएन । यस प्रदेशका कतिपय स्थानीय तहले भने जनै पुर्णिमा तथा रक्षाबन्धनको अवसरमा आज सार्बजनिक बिदा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका, रोहिणी र गैडहवा गाउँपालिकाले सार्बजनिक बिदा दिएका छन् । गुल्मीका ५ वटा, अर्घाखाँचीका पाणिनी र छत्रदेवगाउँपालिकाले पनि आज सार्बजनिक बिदा दिएका छन । शिक्षण संस्थाले पनि बिदा दिएका छन् ।

≪ Previous Post

काँग्रेसले प्रदेश ५ का महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीमा प्रशिक्षण दिने

Next Post ≫

गाडीले हानेर रुपन्देहीको तिलोत्तमामा एक जनाको हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क