Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी
90
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समिति ले राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक २ दिने राष्ट्रिय गोष्ठी सोमबार सम्पन्न गरेको छ । गोष्ठीमा नेपालको दिगो विकाश गर्न नेपालकै मौलिक संस्कृतिलाई बहुउपयोग गर्न सकिने सम्भावना सहितका विभिन्न विधाका कार्यपत्र प्रस्तुत गरिएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको राष्ट्रिय गोष्ठीमा राममणि बहुमुखी क्याम्पस सहित त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शोधपत्र प्रस्तुत गर्नुभएको थियो ।
व्यवस्थापन विषयसँग सम्बन्धित शोधपत्र माथि प्रा.डा. गणेशप्रसाद पाठक, अर्थशास्त्र विषयसँग सम्बन्धित शोधपत्र माथि प्रा.डा. बाबुराम ज्ञवाली र भाषा तथा कला साहित्य विषय शोधपत्र माथि प्रा.डा. कपिलदेव लामिछानेले टिप्पणी गर्नुभएको थियो ।
गोष्ठीमा डा. अशोक भण्डारी, राजेन्द्र थापा, अर्पण श्रेष्ठ, माया घिमिरे, कमल थापा, राजु भुसाल, कृष्णकुमार रेग्मी, शेरबहादुर शाही लगायतले शोधपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि आइतबार प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले गोष्ठीको उद्घाटन गर्दै प्राज्ञिक विकाशका लागि क्याम्पसले उत्कृष्ट प्रयास गरेकोमा आफू हर्षित भएको बताउनुभयो । प्राज्ञिक बहसबाटै समाजलाई सही दिशाबोध गराउँदै दिगो विकाश तर्फ अघि बढ्न सकिने समेत उहाँले उल्लेख गर्नुभयो ।
सोही अवसरमा मुख्य वक्ताहरू नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरूङ्, त्रिभुवन विश्वविद्यालय अँग्रेजी विभागका पूर्व प्रमुख एवम् ‘सेरिड’ का पूर्व निर्देशक प्रा.डा. कृष्णचन्द्र शर्मा भण्डारी र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका सहप्राध्यापक डा. टीकाराम गौतमले नेपालमा उपलब्ध विविध मौलिक संस्कृतिको बहुउपयोगबाट नेपालको समुन्नति हासिल हुनसक्ने उल्लेख गर्नुभएको थियो ।
उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण लामिछाने र न्यू लाईट कलेजका सञ्चालक समिति अध्यक्ष धर्मराज पौड्याल, अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. अशोक भण्डारी लगायतले बोल्दै संस्कृतिको सदुपयोग सम्बन्धी प्राज्ञिक प्रयत्नबारे चर्चा गर्नुभएको थियो ।

≪ Previous Post

नेपाली काँग्रेसको दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण : सभापति देउवा सहित शिर्ष नेताहरु रुपन्देहीमा

Next Post ≫

सिद्धार्थनगरमा महिलाहरुको निःशुल्क स्क्रिनिङ शिविर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क