Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली काँग्रेसको दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण : सभापति देउवा सहित शिर्ष नेताहरु रुपन्देहीमा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नेपाली काँग्रेसको दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण : सभापति देउवा सहित शिर्ष नेताहरु रुपन्देहीमा

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
नेपाली काँग्रेसको दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण :  सभापति देउवा सहित शिर्ष नेताहरु रुपन्देहीमा
150
SHARES
ShareTweet

बुटवल । नेपाली काँग्रेसले रुपन्देहीको भैरहवामा दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।
सोमबार र मंगलबार दुई दिनसम्म भैरहवामा हुने कार्यक्रममा देशभरका क्षेत्रिय सभापतिहरु तथा प्रशिक्षण शाखा प्रमुखहरुको सहभागिता रहने छ ।

नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानले गर्ने दुई दिने प्रशक्षिण कार्यक्रमका लागि पार्टी सभापति शेरबहादुर देउवा आज रुपन्देही आउनुभएको छ । सभापति संगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउनु भएको छ । देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उहांहरु आज विहान भैरहवा आइपुग्नुभएको हो ।

प्रशिक्षण कार्यक्रमका लागि काँग्रेसका अन्य शिर्षनेताहरु आइतबार नै रुपन्देही आएर बसेका छन् । महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेता डा.शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, नेता बालकृष्ण खाँण लगायतका शिर्षतहका नेताहरु आइतबारनै रुपन्देही आएपछि काँग्रेस नेता कार्यकर्ताहरुको भेटघाट तथा चहलपहल बढेको छ ।
भैरहवाको पटवा हलमा (महेन्द्र सभा गृह) विहान ११ बजेदेखि हुने प्रशिक्षण कार्यक्रममा देशभरबाट क्षेत्रीय सभापतिहरुसहित प्रतिनिधिहरु सहभागि भएका काँग्रेस रुपन्देहीले जनाएको छ ।

१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जना प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् ।

≪ Previous Post

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा अघाखाँचीमा ६३ वर्षीय पुरुष पक्राउ

Next Post ≫

राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क