Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा अघाखाँचीमा ६३ वर्षीय पुरुष पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा अघाखाँचीमा ६३ वर्षीय पुरुष पक्राउ

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा अघाखाँचीमा ६३ वर्षीय पुरुष पक्राउ
110
SHARES
ShareTweet

अर्घाखाँची । अर्घाखाँची प्रहरीले जिल्लाको सन्धिखर्क नगरपालिका–१२ कल्लाबोटमा अपाङ्गता (बोल्न नसक्ने तथा बौद्धिक अपाङ्गता) भएकी युवतीलाई करणी गरेको आरोपमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई पटक–पटक करणी गरेको आरोपपछि फरार रहेका पुरुषलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीय ६३ वर्षीय गोबिन्द बस्याल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मराासिनीले जानकारी दिनुभयो ।

ती महिलाको पेटमा बच्चा रहेको थाहा पाएपछि बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । गत जेष्ठ ३२ गते प्रहरीमा उजुरी परेको थाहा पाएलगत्तै आरोपित बस्याल फरार रहेका थिए । घरमा काम गर्न आएको समयमा युवतीलाई उनले पटक–पटक करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने तथा मानसिक रुपमा समेत अपाङ्गता भएकी ति महिला बस्यालको घरमा समय–समयमा गोबर फाल्ने, घर सफा गर्ने लगायतका काम सघाउन आउने गरेकी थिइन् । पीडित महिलाले उनै पुरुषको गर्भ बसेपछि छोरा जन्मएकी छिन् । उनले गत कार्तिक २८ गते छोरा जन्माएको प्रहरीले जनाएको छ ।

महिला बोल्न नसक्ने र बौद्धिक अपाङ्गता भएका कारण आफन्त तथा छिमेकीले उनको पेटमा बच्चा बसेपछिमात्रै घटना थाहा पाएका थिए । जब उनको पेटमा बच्चा बस्यो, उनको पेट बढ्दै गयो, अमिलो पिरो मनपराउन थालिन घर तथा छिमेकीलाई शंका लाग्न थाल्यो । उनको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लिएर जाँदा ५ महिनाको बच्चा पेटमा रहेको चिकित्सकले बताए । यो कुरा थाहा पाएपछि परिवारले पीडित महिलासँग बुझ्दै जाँदा आफूमाथि भएका सबै कुरा बताइन् । त्यसपछि परिवारको सहयोगमा पीडित महिलाले प्रहरीमा जाहेरी दर्ता गराइन् । उक्त जाहेरी दर्तापछि आरोपित बस्याल फरार रहेका थिए ।

≪ Previous Post

सैनामैनामा आजदेखि सैनामैना गोल्डकप सुरु हुँदै

Next Post ≫

नेपाली काँग्रेसको दुई दिने प्रशिक्ष तथा अभिमुखीकरण : सभापति देउवा सहित शिर्ष नेताहरु रुपन्देहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क