Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थनगरमा महिलाहरुको निःशुल्क स्क्रिनिङ शिविर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थनगरमा महिलाहरुको निःशुल्क स्क्रिनिङ शिविर

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
सिद्धार्थनगरमा महिलाहरुको निःशुल्क स्क्रिनिङ शिविर
50
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिबिर सुरु गरेको छ ।
शिबिरमा महिलाहरुको पाठेघर झरेको, पिशाव चुहिने समस्या, स्तन क्यान्सरको जाँच गरिने छ । शिबिरको सोमवार वडा नं ९ बाट सुरुवात गरिएको छ ।
शिबिर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो । शिबिर सोमवार वडा नं ९, मंगलवार वडा नं ३ को खजहना, बुधवार वडा नं १ को बेलहिया, र बिहीबार वडा नं ११ को भुजौलीमा हुने छ । सवै शिबिरहरु वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रमा संचालन हुने छ ।
वडा स्तरमा शिबिर संचालन गरिए पनि आफुलाई पायक पर्ने स्थानमा गएर महिलाहरुले आफ्नो पाठेघर सम्वन्धी निःशुल्क स्वास्थ्य जाँच गराउन सक्ने व्यवस्था मिलाईएको सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारीले जानकारी दिनुभयो ।
धेरै महिलाहरुमा देखिने पाठेघर सम्बन्धि यो समस्यालाई समयमै पत्ता लगाई उपचार गरी निको पार्ने र समस्यानै आउन नदिने उद्देश्यले नगरपालिकाले बर्षेनी शिबिर सचांलन गर्दै आएको उहांले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँले नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्यु हुनेमा पहिलो कारण रहेको उल्लेख गर्दै समयमै पहिचान गरी उपचार गरेर यो रोग निको पार्ने उद्देश्यले नगरपालिकाले निःशुल्क शिबिर संचांलन गर्दै आएको जानकारी गराउनुभयो ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न व्यापक जनचेतना अभिवृद्धि गरी समयमा नै यो रोगको पहिचान गर्ने यस अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधी, समाजसेवी, सञ्चारकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायत सरोकारवाला संघ–संस्थाहरू सक्रियरूपमा संलग्न भई सहयोग गरिदिन समेत उहांले आग्रह गर्नुभएको छ ।
शिविरमा ३० वर्ष भन्दा माथि उमेर समूहका महिलाहरूको पाठेघरको मुखको परीक्षण गरिने छ ।

≪ Previous Post

राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी

Next Post ≫

सैनामैना गोल्डकप फुटवल : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसीको विजयी सुरुवात

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क