Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैना गोल्डकप फुटवल : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसीको विजयी सुरुवात
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सैनामैना गोल्डकप फुटवल : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसीको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
सैनामैना गोल्डकप फुटवल : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसीको विजयी सुरुवात
110
SHARES
ShareTweet

सैनामैना । प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटवल क्लवले बिजयी सुरुवात गरेको छ । दोश्रो हाफको ४७ औं मिनेटमा मुर्गिया फुटवल क्लवका जर्सी नं. १८ का खेलाडी रोशन पहाडीले डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसपछिको खेलमा गोर्खा व्याइज बुटवलले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन ।
खेलको पूर्वाधमा मुर्गिया एफसी र गोर्खा व्याईज दुवै टिमले आकर्षक गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकियो ।
भोली मंगलबारको खेल नेपाल पुलिस क्लव र रुपन्देहीको फर्साटिकर फुटवल क्लवबीच हुनेछ ।
त्यसअघि खेल प्रतियोगिताको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामै राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना हुनु गौरवको कुरा भएको बताउँदै खेलले सैनामैनाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको बताउनुभयो ।
सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले कुनैपनि ठाउँको विकास गर्नका लागि स्थानीय श्रोत साधन र पहलकदमीले धेरै ठूलो काम गर्ने बताउँदै सैनामैनाका प्रत्येक वार्डमा स्टेडियम बनाएर खेलकुद क्षेत्रको विकाससंगै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहांले यो स्टेडियमको निर्माण हुँदै गर्दा स्टेडियमले एउटा आकार दिन सफल भएको उल्लेख गर्दै सैनामैनाको खेल क्षेत्रमा यसले उत्साहको संचार गरेको र सैनामैनाबाट पनि अब्बल खेलाडी जन्माउन सकिन्छ भन्ने सन्देस दिएको वताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादीका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठले खेलले टुटेको मनलाई जोड्ने गरेको बताउँदै खेलकुदले नेपालले गौरव गर्ने खेलाडीको विकास र प्रवद्र्धन गर्न मद्दत गर्ने बताउनुभयो ।
सैनामैना फुटवल क्लवका खेल संयोजक अशोक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा एन्फा रुपन्देहीका अध्यक्ष लोक पुन, सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोल्दै सैनामैनामा सुरु भएको राष्ट्रियस्तरको प्रतियोगिताले सैनामैना खेल पर्यटनको हब बन्ने विश्वास ब्यक्त गर्नुभयो ।
उदघाटन कार्यक्रममा स्वागत गर्दै क्लवका अध्यक्ष प्रविन भारीले सैनामैना गोल्डकपलाई सफल बनाउन सवैले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

≪ Previous Post

सिद्धार्थनगरमा महिलाहरुको निःशुल्क स्क्रिनिङ शिविर

Next Post ≫

जिल्ला कारागार स्तानान्तरण गर्न सिद्धार्थनगरका प्रमुख खाँको गृहमन्त्री संग पहल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क