Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जिल्ला कारागार स्तानान्तरण गर्न सिद्धार्थनगरका प्रमुख खाँको गृहमन्त्री संग पहल
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जिल्ला कारागार स्तानान्तरण गर्न सिद्धार्थनगरका प्रमुख खाँको गृहमन्त्री संग पहल

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
जिल्ला कारागार स्तानान्तरण गर्न सिद्धार्थनगरका प्रमुख खाँको गृहमन्त्री संग पहल
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभएको छ । रुपन्देहीको जिल्ला कारागार जिल्ला सदरमुकाम स्थित सिद्धार्थनगर (भैरहवा) मा रहेकोछ ।
घना बस्तीको बीचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गर्नुभएको हो । प्रमुख खाँले कारागारको जग्गा सरकारले नगरपालिकालाइ दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराउनुभएको थियो ।
जवाफमा गृहमन्त्री रमेश लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिनुभयो । मेयर खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै मन्त्री लेखकले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिनुभयो ।
गृहमन्त्री संगको भेटपछि मेयर खाँले शहरको बिचबाट कारागार स्थानान्तरण गर्न गृहमन्त्री सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाले पटखौलीमा ल्याण्डफिल्ड साईटका लागि खरिद गरेको ६ बिगाह जग्गा कारागारलाई दिन सकिने जानकारी गराउनुभयो । यसकालागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा प्रक्रिया अगाडी बढेको र त्यसलाई मुर्तरुप दिन बर्तमान गृहमन्त्रीसंग आग्रह गरेको प्रमुख खाँले बताउनुभयो ।
ल्याण्डफिल्ड साईटकालागि खरिद गरिएको जग्गामा स्थानीयले अवरोध गरेपछि उक्त योजना अगाडी बढ्न सकेको छैन । हाल नगरपालिकाले फोहोर ब्यबस्थापनको लागि निजि क्षेत्रसंग साझोदारी गरी अगाडी बढ्ने गरी प्रस्ताव आह्वान गरेको छ । साझेदारीकालागि दुईबटा फर्मले प्रस्ताव पेश गरेका छन् ।
अन्तिम सूचना प्रकाशनकोलागि कार्यबिधी निर्माण भैरहेको र फोहोरको दिर्घकालिन व्यवस्थापन छिट्टै अगाडी बढ्ने पनि मेयर खाँले जानकारी दिनुभयो ।

≪ Previous Post

सैनामैना गोल्डकप फुटवल : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसीको विजयी सुरुवात

Next Post ≫

जवरजस्ती करणी तथा वाल विवाह मुद्दामा फरार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क