Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जवरजस्ती करणी तथा वाल विवाह मुद्दामा फरार अभियुक्त पक्राउ
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जवरजस्ती करणी तथा वाल विवाह मुद्दामा फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
जवरजस्ती करणी तथा वाल विवाह मुद्दामा फरार अभियुक्त पक्राउ
90
SHARES
ShareTweet

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जवरजस्ती करणी तथा वाल विवाह सम्बन्धी मुद्दाका दुई महिलालाई पक्राउ गरेको छ ।
२०७५ साल माघ ८ गतेको अर्घाखाँची जिल्ला अदालत र २०७८ साल भदौ २९ गतेको उच अदालत तुल्सीपुर वुटवल इजलासको फैसलाले जवरजस्ती करणी तथा वाल विवाह सम्बन्धी मुद्दामा जनही २।२ महिना सजाय तोकी फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फरार अभियुक्तहरु १.नामथरः–बसन्ता के.सी
जिल्ला प्यूठान झिमरुक गाउँपालिका वडा न. १ बस्ने २९ बर्षीय बसन्ता के.सी. र सोही ठाउंकी २७ बर्षीय रेखा के.सी. लाई आईतबार जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न. १ शान्ति बगैचाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै महिलालाई आवश्यक कारवाहीको लागि अर्घाखाँची जिल्ला अदालत पठाईएकोमा अदालतले कैद भुक्तानको लागि जिल्ला कारागार चलान गर्ने आदेश गरेकाले कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
घटना विवरण :
जिल्ला प्यूठान झिमरुक गाउँपालिका वडा न. १ बस्ने बर्ष २९ की बसन्ता के.सी र सोही ठाउँ बस्ने बर्ष २७ की रेखा के.सीले पिडीत वर्ष १४ की संकेत नं. ५२ (ह२) लाई २०७४ साल चैत्र १६ गते विभिन्न प्रलोभन देखाई जिल्ला अर्घाखाँची साविक गोखुङ्गा गा.वि.स. वडा नं. ३ हाल मालारानी गाउँपालिका वडा नं. ९ बस्ने आफ्नो दाई लोकेन्द्र भुषालसंग राँगामारे मन्दिरमा पिडीतको सिउँदोमा सिन्दुर हालिदिई वाल विवाह गराई घरमा लगि भित्राएका थिए ।
पछि निज भुषालले निज पिडीत वालिकालाई जबरजस्ती करणी समेत गरेको र सोही कार्यमा पक्राउ परेका बसन्ता के.सी र रेखा के.सीले मतियारको भूमिका निर्वाह गरेकोले निजहरुलाई समेत सजाय ठहर भएको प्रहरीले जनाएको छ ।
निज लोकेन्द्र भुसाललाई २०७५ माघ ८ गतेको अर्घाखाँची जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद र रू.५० लाख जरिवाना र वालविवाह मुद्दामा २ बर्ष २ महिना कैद गरी जम्मा ८ बर्ष २ महिना कैद तोकिएकोमा निज भुसालले जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरिरहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।

 

≪ Previous Post

जिल्ला कारागार स्तानान्तरण गर्न सिद्धार्थनगरका प्रमुख खाँको गृहमन्त्री संग पहल

Next Post ≫

संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाउनुपर्छ : सभापति देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क