अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जवरजस्ती करणी तथा वाल विवाह सम्बन्धी मुद्दाका दुई महिलालाई पक्राउ गरेको छ ।
२०७५ साल माघ ८ गतेको अर्घाखाँची जिल्ला अदालत र २०७८ साल भदौ २९ गतेको उच अदालत तुल्सीपुर वुटवल इजलासको फैसलाले जवरजस्ती करणी तथा वाल विवाह सम्बन्धी मुद्दामा जनही २।२ महिना सजाय तोकी फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फरार अभियुक्तहरु १.नामथरः–बसन्ता के.सी
जिल्ला प्यूठान झिमरुक गाउँपालिका वडा न. १ बस्ने २९ बर्षीय बसन्ता के.सी. र सोही ठाउंकी २७ बर्षीय रेखा के.सी. लाई आईतबार जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न. १ शान्ति बगैचाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै महिलालाई आवश्यक कारवाहीको लागि अर्घाखाँची जिल्ला अदालत पठाईएकोमा अदालतले कैद भुक्तानको लागि जिल्ला कारागार चलान गर्ने आदेश गरेकाले कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
घटना विवरण :
जिल्ला प्यूठान झिमरुक गाउँपालिका वडा न. १ बस्ने बर्ष २९ की बसन्ता के.सी र सोही ठाउँ बस्ने बर्ष २७ की रेखा के.सीले पिडीत वर्ष १४ की संकेत नं. ५२ (ह२) लाई २०७४ साल चैत्र १६ गते विभिन्न प्रलोभन देखाई जिल्ला अर्घाखाँची साविक गोखुङ्गा गा.वि.स. वडा नं. ३ हाल मालारानी गाउँपालिका वडा नं. ९ बस्ने आफ्नो दाई लोकेन्द्र भुषालसंग राँगामारे मन्दिरमा पिडीतको सिउँदोमा सिन्दुर हालिदिई वाल विवाह गराई घरमा लगि भित्राएका थिए ।
पछि निज भुषालले निज पिडीत वालिकालाई जबरजस्ती करणी समेत गरेको र सोही कार्यमा पक्राउ परेका बसन्ता के.सी र रेखा के.सीले मतियारको भूमिका निर्वाह गरेकोले निजहरुलाई समेत सजाय ठहर भएको प्रहरीले जनाएको छ ।
निज लोकेन्द्र भुसाललाई २०७५ माघ ८ गतेको अर्घाखाँची जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद र रू.५० लाख जरिवाना र वालविवाह मुद्दामा २ बर्ष २ महिना कैद गरी जम्मा ८ बर्ष २ महिना कैद तोकिएकोमा निज भुसालले जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरिरहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।