Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाउनुपर्छ : सभापति देउवा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाउनुपर्छ : सभापति देउवा

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाउनुपर्छ : सभापति देउवा
100
SHARES
ShareTweet

भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । उहांले यो सरकारमा काँग्रेसको उपस्थिति रहेको भन्दै जनसरोकारका विषयहरु हल गर्दै गठबन्धनलाई थप बलियो बनाउनुपर्ने जनाउनुभयो ।
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण बिभागद्वारा रूपन्देहीको भैरहवामा आयोजित काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको सोमबार उद्घाटन गर्दै सभापति देउवाले ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सरकार भोलिका दिनमा सफल हुने उल्लेख गर्नुभयो ।
सरकारमा सहभागी नभएका विपक्षी दलको पनि मुलुक सञ्चालनमा ठूलो भूमिका रहेकाले समावेशी चरित्रको लोकतान्त्रिक शासन रहेको उहांले बताउनुभयो ।
सभापति देउवाले पार्टीभित्रको मतभेदहरु हटाएर एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो । पार्टी भित्र नेता, कार्यकर्ताबीच कतिपय नमिलेका कुरालाई आपसमा छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त तुल्याउन सबैले भूमिका खेल्नुपर्नेमा सभापति देउवाले जोड दिनुभयो । ‘पार्टीलाई जीवन्त र मनमुटावरहित बनाउन सकेमा अझ आकर्षण बढ्दै जानेछ,’ सभापति देउवाले भन्नुभयो–‘मुलुकभित्र मात्र नभएर बिदेशमा समेत हाम्रो पार्टीका प्रतिनिधिको संख्या बढ्ने देखिन्छ ।’


प्रतिष्ठानका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले सोमबार मध्यान्ह सुरु बन्द सत्रमा मुलुकको आर्थिक विषयका साथैं संघीयता कार्यन्वयनको अवस्थाबारे छलफल गरिने जानकारी दिनुभयो । ‘पहिलोपटक सामाजिक सञ्जालको प्रयोगमार्फत् पार्टी बिस्तारका सम्बन्धमा पाठ्यक्रम नै समावेश गरेर छलफल गर्दैछौं,’ संयोजक खड्काले भन्नुभयो– ‘सँगसँगै पार्टीको क्रियाशील सदस्यता, सांगठनिक अवस्था र समसामयिक मुद्दा लगायत विभिन्न ६ वटा विषयमा बिज्ञहरुले प्रस्तुति दिनुहुनेछ ।’
प्रशिक्षणमा मुुलुकभरका एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० जना गरेर ३ सय ३० जनाको सहभागिता रहेको छ ।

यस्तै, पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता समेत रहेको छ । उद्घाटन सत्रमा पार्टीका बरिष्ठ नेताहरु कृष्ण सिटौंला, शशांक कोइराला, पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, डा. प्रकाशसरण महत लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा सहभागि हुन सोमबार दिउँसो महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मापनि आउने कार्यक्रम छ । केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरेको छ ।

≪ Previous Post

जवरजस्ती करणी तथा वाल विवाह मुद्दामा फरार अभियुक्त पक्राउ

Next Post ≫

सैनामैना गोल्डकप फूटवल : आज एपिएफ नेपाल र अभिषेक चर्च भिड्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क