Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्रदेश नं ५ मा सोमबार सार्वजनिक बिदा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश नं ५ मा सोमबार सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0
प्रदेश नं ५ मा सोमबार सार्वजनिक बिदा
70
SHARES
ShareTweet


सद्भाव र भाइचारा बढाउन बकर इदको भूमिका महत्वपुर्ण : मुख्यमन्त्री


बुटवल, २६ साउन । बकर इदको अवसरमा प्रदेश नं ५ मा सोमबार सार्वजनिक बिदा हुने भएको छ । यद्यपी प्रदेश सरकारको यो निर्णय नयाँ नभएर गत वर्षकै निर्णय हो ।
संघीय सरकारले तोके बाहेक प्रदेश पाँच सरकारले बकर इदमा एक दिन, माघी र माघे संक्रान्तिमा दुई दिन, प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भूमया पूजा, वड्का अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धि निर्णय बैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।
यसैबिच इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले शुभकामना ब्यक्त गर्नुभएको छ । आईतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोख्रेलले विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ र कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्व भएका छन् भन्नुभएको छ ।
समुदाय विशेषका पर्व साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय हो भन्दै मुख्यमन्त्रीले सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न यी पर्वले महत्वपूर्ण भूमिका खेलेका छन् भन्नुभएको छ । बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ, शुभकामना सन्देशमा भनिएको छ ।
“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात—जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको छ । अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे छ । तीन तहको चुनाव सम्पन्न भएपछि मुलुकमा संविधान कार्यान्वयनको व्यवहारिक अभ्यास भइरहेको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण तयार हुने छ । सबैले अधिकारको व्यवहारिक रुपमा उपभोग गर्न पाउँदा लोकतान्त्रिक शासन व्यवस्थाप्रति अपनत्व महशुस हुने वातावरण बन्नेछ ।” शुभकामना सन्देशमा भनिएको छ ।

≪ Previous Post

समृद्ध नगर बनाउन नगरवासीको भूमिका महत्वपूर्ण : नगरप्रमुख थापा

Next Post ≫

शुभकामना आदानप्रदान गरी बकर इद मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क