Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ शुभकामना आदानप्रदान गरी बकर इद मनाइदै
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शुभकामना आदानप्रदान गरी बकर इद मनाइदै

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
शुभकामना आदानप्रदान गरी बकर इद मनाइदै
60
SHARES
ShareTweet

मुख्यमन्त्री, सभामुख, बुटवल नगर प्रमुख र उपप्रमुखद्वारा शुभकामना ब्यक्त


बुटवल, २७ साउन । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद सोमबार देशभर मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।
यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ । मुस्लिम समुदायमा नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान अर्थात बलि दिने विधान रहेको छ । बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । बकर इद पर्वका अवसरमा प्रदेश नं ५ र २ सरकारले सोमबार सार्वजनिक बिदा घोषणा गरिसकेका छन् ।
यसैबिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पुर्ण बहादुर घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदी र उपप्रमुख गुमादेबी आचार्यले मुस्लिम समुदायको महान पर्व अजाह बकर इदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश मार्फत मुख्यमन्त्री पोखरेलले सङघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले सबै जातजाति र समुदायको उत्थान र बिकासका लागि ढोका खोलेको बताउनुभएको छ । उहांले यस्ता पर्बले सामाजिक सद्धभाव, भातृत्व र मेलमिलापको बातावरण बनाएर मुलुकलाई एकताको मालामा बाध्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
यस्तै सभामुख घर्ती तथा नगर प्रमुख सुबेदी र उपप्रमुख आचार्यले पनि अलग अलग शुभकामना सन्देश जारी गरी बकर इदले सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरि नेपाली समाजमा एकता, सद्धभाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री, सभामुख, नगर प्रमुख र उपप्रमुखले जारी गरेको शुभकामना सन्देश जस्ताको तस्तै :

≪ Previous Post

प्रदेश नं ५ मा सोमबार सार्वजनिक बिदा

Next Post ≫

साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क