Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0
तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास
110
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका बेवरीमा माघी महोत्सव गरिएको छ । बेवरी आदर्श टोल विकास संस्थाले माघे सक्रान्तिको अवसरमा स्थानीय विभिन्न जातजातीहरुको संस्कृतिको संरक्षण गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिलोत्तमा वडा नं. १० स्थित बेवरी ग्रिनपार्कमा सक्रान्ति (माघी) महोत्सव गरिएको हो ।
त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा बहुजाती, बहुभाषी रहेको र उनीहरुका आफ्नै संस्कार, सस्कृति तथा रहनसहन रहेको बताउँदै उनीहरुको कला संस्कृति र पहिचानसंग जोडिएका खानाका परिकारहरुको प्रवद्र्धन गरी त्यसलाई ब्राण्डिङ गर्न सकेमा त्यसका माध्यमबाट पहिचानसंगै आर्थिक उपार्जन समेत गर्न सकिने बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि स्थानीय जातजातीका कलासंस्कृति, उनीहरुका खानाका परिकार प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा माघी महोत्सव आयोजक संस्था बेवरी आदर्श टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर बरालले स्थानीय जातजाती, भाषाभाषी धर्म समुदायका कला संस्कृति, उनीहरुको पहिचानसंग जोडिएका खानाका परिकार प्रवद्र्धनका लागि माघी मेला आयोजना गरिएको बताउनु भयो । उहांले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै सबैसंग साथ सहयोगको लागि आग्रह गर्नुभयो ।
माघे सक्रान्तिको दिन मंगलबार एक दिन आयोजना गरिएको कार्यक्रममा त्यस क्षेत्रमा बाहुल्य रहेको थारु, मगर लगायतका जातजातीका पहिचान जोडिएका खानाका परिकार सहितका स्टल राखिएको थियो । त्यसैगरी ती समुदायका कला संस्कृतिसंग सम्बन्धित सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको कार्यक्रम संयोजक बिरेन्द्र कंडेलले जानकारी गराउनु भयो । त्यस अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहेको उहाँले बताउनु भयो ।


दर्शन युवा क्लव एवं टोल विकास सञ्जालको सहआयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुसाल, तिलोत्तमा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गोपाल घिमिरे, वडा सदस्य बालकृष्ण लम्साल, बेवरी ग्रिन पार्कका अध्यक्ष दिलसिंह थापा लगायतले शुभकामना सहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

≪ Previous Post

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा

Next Post ≫

सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क