Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0
आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा
90
SHARES
ShareTweet

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ।

आजकै दिन सूर्यले मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैदिक परम्परामा मकर संक्रान्ति पनि भनिन्छ। यस दिनबाट उत्तरायण सुरू हुने गर्छ। उत्तरायणको बेला दिनहरू लामो र रातहरू छोटो हुने गर्छन् भने गृह प्रवेश, व्रतबन्ध आदि शुभ कार्य आदिका लागि उचित मानिन्छ।

माघे संक्रान्तिमा तिल, चाकु, घ्यू, गुँदपाक, तरुल र खिचडी जस्ता परिकार खाने चलन छ। धार्मिक आस्थाका साथ देशका विभिन्न पवित्र नदी किनारमा नुहाउने र विशेष पूजा गर्ने प्रचलन रहेको छ। त्रिवेणीधाम, देवघाट, चितवनको नारायणी नदी र सुनसरीको कोशीतटमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ।

सरकारले यस अवसरमा सार्वजनिक विदा दिएको छ। यससँगै देशभरका सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, नेप्से लगायत सार्वजनिक संस्थानहरू आज बन्द रहनेछन्।

≪ Previous Post

रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने

Next Post ≫

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क