बुटवल । रुपन्देहीमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल उपहानगरपालिकाको सहयोगमा नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा फागुनको दोस्रो हप्तादेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गरि नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देहीमा सर्वाधिक राशीको प्रतियोगिता गर्न लागेको जानकारीm गराउनुभयो । अध्यक्ष पुनका अनुसार यसअघि काठमाण्डौमा २ लाख ५५ हजार रुपैयाँ धनराशीको स्नुकर प्रतियोगिता भएको थियो । खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद ३ लाख ३ हजार, कप, मेडल, प्रमाणपत्र, उपविजेतालाई नगद १, लाख १ हजार रुपैया, हाईएस्ट ब्रेक ५५ हजार रुपैयाँबाट पुरस्कृत गरिने अध्यक्ष पुनले बताउनुभयो । यसैगरि सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, साईजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताको बुटवल उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिह कम्प्लेक्सका सञ्चालक महेशमान सिहबाट १ लाख तथा दोस्रो पुरस्कार बराबरको १ लाख रुपैया आवास ग्रुपको प्रबन्ध निर्देशक महेश थैवबाट सौजन्य भएको उनले बताए । बौद्घिक खेलको रुपमा पहिचान बनाएको स्नुकर खेल भएको उनले दाबी गरे । रुपन्देही स्नुकर खेलको उवरभुमी भएको उनले बताए । भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलंका सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई अन्तराष्ट्रिय मंचमा पहिलो पदक दिलाउन सफल भएको उनले बताए । उनलाई सम्मान गर्ने लक्ष्य रहेको उनले बताए । देशभरका अधिकास जिल्लाबाट प्रतियोगी खेलाडीहरु सहभागी हुने उनले बताए । खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाईनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था रहेको उनले बताए । न्युनतम १० दिनमा प्रतियोगिता सक्ने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता शिव राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्यले स्थानीय सरकारबाट सहयोग हुदा खेलको विकास हुन सफल भएको बताउनुभयो ।
खेल संयोजक विजय गुरुङले प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म अन्तिम समयावधि तोकिएको बताउनुभयो । संघका सचिव प्रकाश क्षेत्रीका अनुसार प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडी सहभागि हुने छन् ।