Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0
सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित
110
SHARES
ShareTweet

बुटवल । बुटवलको सडकमा हुदै आएको सडक खाना महोत्सव गर्ने ठाउँको अभाव भएको भन्दै रुपन्देहीका होटल तथा रेष्टुरेण्ट ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीले विगतका बर्षहरुमा सडकमा आयोजना गर्दै आएको सडक खाना महोत्सवका लागि ठाउँ अभाव भएको भन्दै ब्यवसायीहरुले चिन्ता ब्यक्त गरेका हुन् ।
बिगतका बर्षहरुमा बुटवलको कालिकापथ सडकमा हुदै आएको सडक खाना महोत्सव यसपटक ठाउँ अभावका कारण एक सरकारी विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ । सरकारी विद्यालयको खेलमैदानमा मदिराको बिज्ञापनसहितको खाना महोत्सव आयोजना गरिएको भन्दै आलोचना भएपछि होटल ब्यवसायीहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगर स्थित सिद्देश्वर लालकुमारी माविको खेलमैदानमा सोमबारदेखि सुरु भएको खाना महोत्सव अन्तर्गत मंगलबार आयोजित पर्यटन सम्बन्धि गोष्ठीमा सहभागि ब्यवसायीहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।
गोष्ठिमा आफ्नो भनाई राख्दै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष माधव नेपालले गतबर्ष बुटवलको कालिकापथमा सडक खाना महोत्सव आयोजना गर्दा सडकमा गरेको भन्दै बिरोध भयो र त्यहाँ गर्न दिइएन,अहिले बिद्यालयको खेल मैदानमा गर्दा पनि बिरोध गरिएकाले अब सडक खाना महोत्सव कहाँ गर्ने भन्ने प्रश्न गर्नुभयो ।
भाषणमा पर्यटन प्रवद्र्धनका धेरै कुरा भएपनि ब्यवहारमा पर्यटन प्रवद्र्धन हुने खालका कुनै गतिविधि हुननसकेको भन्दै संस्थापक अध्यक्ष नेपालले बुटवलको छुट्टै एक बिशेष परिकार बनाऔं भनेको त्यो पनि गर्न नसकिएको भन्दै गुनासो गर्नुभयो ।
प्रचलित कानुन बिपरित विद्यालय परिषरमा मदिराका विज्ञापन र बेचबिखन सहित खाना महोत्सव आयोजना गरिएको भन्दै आलोचना भएको छ । स्थानीय सिद्देश्वर माविको मैदानमा संचालन गरिएको महोत्सवको मञ्चमै मदिराका विज्ञापन गरिएको छ ।

≪ Previous Post

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

Next Post ≫

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : सैनामैनाका रोमनसहित २ युवाको मृत्यु, एक घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क