बुटवल । बुटवलको सडकमा हुदै आएको सडक खाना महोत्सव गर्ने ठाउँको अभाव भएको भन्दै रुपन्देहीका होटल तथा रेष्टुरेण्ट ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीले विगतका बर्षहरुमा सडकमा आयोजना गर्दै आएको सडक खाना महोत्सवका लागि ठाउँ अभाव भएको भन्दै ब्यवसायीहरुले चिन्ता ब्यक्त गरेका हुन् ।
बिगतका बर्षहरुमा बुटवलको कालिकापथ सडकमा हुदै आएको सडक खाना महोत्सव यसपटक ठाउँ अभावका कारण एक सरकारी विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ । सरकारी विद्यालयको खेलमैदानमा मदिराको बिज्ञापनसहितको खाना महोत्सव आयोजना गरिएको भन्दै आलोचना भएपछि होटल ब्यवसायीहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगर स्थित सिद्देश्वर लालकुमारी माविको खेलमैदानमा सोमबारदेखि सुरु भएको खाना महोत्सव अन्तर्गत मंगलबार आयोजित पर्यटन सम्बन्धि गोष्ठीमा सहभागि ब्यवसायीहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।
गोष्ठिमा आफ्नो भनाई राख्दै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष माधव नेपालले गतबर्ष बुटवलको कालिकापथमा सडक खाना महोत्सव आयोजना गर्दा सडकमा गरेको भन्दै बिरोध भयो र त्यहाँ गर्न दिइएन,अहिले बिद्यालयको खेल मैदानमा गर्दा पनि बिरोध गरिएकाले अब सडक खाना महोत्सव कहाँ गर्ने भन्ने प्रश्न गर्नुभयो ।
भाषणमा पर्यटन प्रवद्र्धनका धेरै कुरा भएपनि ब्यवहारमा पर्यटन प्रवद्र्धन हुने खालका कुनै गतिविधि हुननसकेको भन्दै संस्थापक अध्यक्ष नेपालले बुटवलको छुट्टै एक बिशेष परिकार बनाऔं भनेको त्यो पनि गर्न नसकिएको भन्दै गुनासो गर्नुभयो ।
प्रचलित कानुन बिपरित विद्यालय परिषरमा मदिराका विज्ञापन र बेचबिखन सहित खाना महोत्सव आयोजना गरिएको भन्दै आलोचना भएको छ । स्थानीय सिद्देश्वर माविको मैदानमा संचालन गरिएको महोत्सवको मञ्चमै मदिराका विज्ञापन गरिएको छ ।
