Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन : लोकानन्द स्वामी
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन : लोकानन्द स्वामी

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0
धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन : लोकानन्द स्वामी
90
SHARES
ShareTweet

तिलोत्तमा, १४ माघ । धर्म कर्तव्य र अनुशासन भएकाले यसलाई पालन गर्नुपर्ने एक धर्म सभामा वोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले धर्म पहिचान, अस्तित्व र जीवनको आधार भएकाले यसलाई परिवर्तन गर्न नमिल्ने हुंदा धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिन नहुने बताए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित सामुदायिक शिव पञ्चाङ्ग मन्दिरको पाचौं धर्म सभा तथा तेस्रो अधिबेशनमा धार्मिक प्रवचन दिदै मुक्तिनाथ धाम नयाँगाउँका पिठाधीश लोकानन्द सरस्वती जी महाराजले धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु जस्ता सद्गुणहरू नै धर्म भएको बताउनु भयो ।
उहांले मानवका लागि धर्म आफ्नो परिचय, अस्तित्व र स्वाभिमान पनि भएकाले धर्म नहुँदा मानव मानव नभएर दानव हुनेहुंदा मानव मानव नै हुन धर्म चाहिने बताउनु भयो ।
कार्यक्रममा मन्दिर समितिका अध्यक्ष केशरी पाण्डेले मन्दिरका २४३ सदस्य मध्ये २ जना प्रमुख संरक्षक, २ जना संरक्षक, ४८ जना विशिष्ट सदस्य र १९१ जना आजीवन सदस्य रहेका जानकारी गराउनु भयो । उहांले मन्दिरमा अखण्ड दिप प्रज्वलनका साथै बडा दशैं, शिवरात्री, श्री स्वस्थानी तथा अन्य विभिन्न धार्मिक पर्वहरुमा विशेष पूजाआजा हुने गरेको र दैनिक पूजाआजाका लागि पण्डितको ब्यवस्थासंगै मन्दिरको सुरक्षाका लागि डिङ्गरनगर दूरगामी सहकारी संस्थाको सहयोगमा सीसीटिभी जडान गरिएको वताउनु भयो ।
कार्यक्रममा मन्दिरका प्रमुख संरक्षक घनश्याम तिवारी, पत्रकार खिमानन्द भट्टराई, मुक्तिनाथ धामका पण्डित कृष्ण गोपाल पाण्डे, समाजसेवी ढालवहादुर कार्की, मोतिलाल भण्डारी, श्रृङ्गेश्वर धामका चिन्तामणि ज्ञवाली, युवा ब्यवसायी राजेन्द्र न्यौपाने, मन्दिरका सचिव रामबहादुर थापा, ओम ज्ञवालीलगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
मन्दिरका अध्यक्ष केशरी पाण्डेको अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष र कोषाध्यक्ष गुरुदत्त पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।
मन्दिरमा नयाँ नेतृत्व चयन
मन्दिरको तेस्रो अधिवेशनले भरत भुसालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति र विभिन्न उपसमिति गठन गरेको छ । मन्दिर समितिको उपाध्यक्षमा शुभकुमारी पौडेल, सचिवमा टोपलाल खनाल र कोषाध्यक्षमा बावुराम पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विष्णु पाण्डे, गोमाकुमारी जि सी, कमला गैरे, भगवती अर्याल, ज्ञानु अर्याल, भेषराज भुसाल, राधा पराजुली, रुपा शर्मा र विष्णु क्षेत्री रहेका छन् ।
यस्तै अधिवेशनले शालिकराम वस्ती संयोजक तथा पार्वती पौडेल र कमला जिसी सदस्य रहेको लेखा समिति तथा विष्णु आचार्य, पार्वती अर्याल र कुमारी पद्मा शाही सदस्य रहेको पुजा समिति चयन गरेको छ ।
सांस्कृतिक तथा भजन कृतनकालागि केशव ज्ञवाली, घनश्याम ज्ञवाली, भगवती वेलवासे, गुरुदत्त पौडेल, विना पराजुली, कृष्ण घिमिरे, कमला पाण्डे, लिलावती पोख्रेल रहेको भजन कृतन समिति तथा अनिश ढकाल, ओमप्रकाश पाण्डे, आयुष पन्थी, समिर पोख्रेल, गौतम ज्ञवाली, आयुष्मा पन्थी र दिप पाण्डे सदस्य रहेको युवा तथा वाल भजन समिति गठन गरेको निर्वाचन समितिका संयोजक कुमार बहादुर सिंहले जानकारी दिनुभयो ।

≪ Previous Post

कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग

Next Post ≫

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क