Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग

संसारपोस्ट संवाददाता · १९ माघ २०७९ · 0
नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठन गर्यो २१ विभाग
80
SHARES
ShareTweet

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ । पार्टीको विधान अनुसार लुम्बिनी प्रदेशमा सभापति अमरसिंह पुनले विभागका प्रमुखहरु मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।
काँग्रेसले प्रदेशको सङ्गठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डे, प्रदेश कानुन तथा संसदीय मामिला विभागको प्रमुखमा पाल्पाका महेन्द्र प्रसाद पाण्डेलाई मनोनयन गरेको छ ।
प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी, नवलपरासीका बिश्वप्रेम पाठक शुभेच्छुक संस्था समन्वय विभाग, प्युठानका सुवास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, अर्घाखाँचीका डा जयबहादुर टण्डनलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रविन्द्र नाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग, दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग, रुपन्देहीका दिर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको पार्टी प्रदेश कार्यालय मुख्य सचिव मोहनराज शर्माले बताए । यस्तै कपिलवस्तुका विक्रम सिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग, अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीला कुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा बिपद व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ ।
काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले काँग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहेपनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको बताए । उनले अन्य १३ वटा विभाग छिटै गठन गर्ने बताए । प्रत्येक विभागहरू २५ सदस्यीय रहने व्यवस्था छ । विभागका सदस्यहरू भने विभाग प्रमुखहरूले मनोनयन गर्ने छन् ।

≪ Previous Post

धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन : लोकानन्द स्वामी

Next Post ≫

शँकरनगर सामुदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निशुल्क परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क