Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0
कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग
80
SHARES
ShareTweet

बुटवल । पुनःप्रयोग योग्य वस्तु व्यवसायी संघमा आवद्व व्यवसायीले कर छुट गर्न सरकारसंग माग गरेका छन् ।
घरघरमा खेर गएका सामान तथा वस्तुहरु संकलन गरेर उद्योगहरुलाई कच्चा पदार्थ पुराउने व्यवसायीलाई तिनै तहका सरकारले करमा छुट दिनुपर्ने उनीहरुले बताए ।
नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्ने व्यवसायीले सरकारसंग कर छुटको माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भगवती जैसवालले सरकारले कर छुट गरेर पुनः प्रयोग वस्तु व्यवसायीका व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग गरेका छन् ।
फोहोरको ब्यवस्थापनमा स्थानीय सरकारलाई सहजीकरण गर्दै ब्यक्तिका घरमा फालिएका कचडा सामानहरु खरिद गरी व्यवसाय सञ्चालन गरेका ब्यवसायीलाई जग्गाको ब्यवस्थापन गरी पेशाको संरक्षण गर्न स्थानीय सरकारसंग माग गरे ।
कचडा तथा कवाड सामानहरु संकलन गरी गुजारा चलाउने व्यवसायीका पसलहरुमा वडा कार्यालयहरुले ताला लगाइदिने काम गरेको गुनासो गर्दै यस्तो ज्यादती नगर्न उनले आग्रह गरे ।
उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले सबै पेशा व्यवसायलाई सहज हुनेगरी उपमहानगरपालिकाले समान रुपमा सहयोग गर्ने प्रतिवद्वता जनाए । बैज्ञानिक रुपमा करको दायरा कायम गर्ने बताउंदै व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने मेयर पाण्डेले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ पंगेनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, संयुक्त मधेशी समुदायका गौरीशंकर गुप्ता, संघका निवर्तमान अध्यक्ष जवाहरलाल जैसवाल लगायतले बोल्दै तीनै तहका सरकारलाई व्यवसायीका हितमा काम गर्न आग्रह गरे ।
नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीको छैठौं अधिबेशनबाट भगवती जयसवालको नेतृत्वमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथ ग्रहण गराएका थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा विशम्बर शाह, उपाध्यक्ष मनोज जयसवाल, महेन्द्र थापा, सचिव पवन कुमार सौनार, कोषाध्यक्ष रामभरोस शाह, सहसचिव वसन्त पासवान, सहकोषाध्यक्ष अरबिन्द्र जयसवाल तथा सदस्यहरुमा भुवन पाण्डे, अमित जयसवाल, रमेश कान्दु, पप्पु पासवान, नन्दलाल गुप्ता, दिपक जयसवाल र सुरेन्द्र पासवान सर्वसम्मत चयन भएका छन् ।

 

≪ Previous Post

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

Next Post ≫

धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन : लोकानन्द स्वामी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क