Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0
राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा
50
SHARES
ShareTweet

बुटवल । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको आयोजना गरेको हो ।
सोही सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभयो । नेपालको संसदबाट एमसीसी पास भएसंगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको उहांको दावी छ ।
चीनका विरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गराएको उल्लेख गर्दै अब अमेरिकाले एसपीपी परियोजना पास गराउने दाउमा रहेको उनले बताए ।
भारतका विरुद्व लड्न अमेरिकाले नेपालमा आफु अनुकुलको सत्ता चलाउन खोजेकोे दावी गर्दै नेता पोखरेलले भने – ‘भारत र अमेरिकाको हस्तक्षेपबाट नेपाललाई जोगाउन आमराष्ट्रवादी नेपाली सचेत हुनुपर्छ ।’
लुम्बिनी प्रदेश सांसद तारा थापाले मुलुकको राष्ट्रियता प्रति सत्तासिन दलहरु गम्भीर नदेखिएको बताउदै उनले आफुलाई ठुला भन्ने एमाले, माओवादी, कांगे्रस, राजावादी र जातीबादीहरुबाट गणतन्त्र खतरामा रहेको दावी गरिन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले मुलुकको राष्ट्रियता र स्वाभिमान बचाउन आमनेपाली नागरिक सचेत हुनुको अर्को कुनै विकल्प नभएको बताए ।
इन्दिरा ज्ञवालीको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

Next Post ≫

कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क