Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0
बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु
140
SHARES
ShareTweet

बुटवल । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख गरि ३ करोड १४ लाख रुपैयाँ लागत लाग्ने भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतिपूर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको हो ।
वडा नं १७ को मोतिपूरमा शुक्रबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको शिलान्याश गर्नुभयो ।
स्वास्थ्य केन्द्र भवनको शिलान्याश गर्दै प्रमुख पाण्डेयले मोतिपूरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ वडाका बासिन्दाले लाभ लिने बताउनुभयो । उहाँले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतिपूरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको बताउनुभयो ।
यसअघि वडा नं. १३ को बेलबासमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको स्मरण गर्दै प्रमुख पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि मोतिपूर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो ।
उहाँले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताउनुभयो । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’–उहाँले भन्नुभयो ।
नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताउनुभयो ।
निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले स्वास्थ्य केन्द्रले मोतिपूर र आसपासको क्षेत्रले लाभ लिने बताउनुभयो । उहाँले आगामी दिनमा अरु सुविधाहरु विस्तार गर्दै जाने योजनामा रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रै पछाडि परेको क्षेत्रमा बन्ने स्वास्थ्य केन्द्रले दीर्घकालसम्म लाभ दिलाउने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने बताउनुभयो ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उहाँले बताउनुभयो ।

≪ Previous Post

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

Next Post ≫

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क