संसार पोष्ट
तिलोत्तमा, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुराना कार्यकर्ता स्वर्गीय जंगबहादुर थारुको स्मृतिमा बिहीबार शोकसभा गरिएको छ । नेकपा तिलोत्तमा–१६ बिहुली गाउँकमिटीको आयोजनामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद दधिराम न्यौपानेले पार्टीलाई यो अवस्थासम्म ल्याइपु¥याउन स्वर्गीय थारुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
नेकपा बिहुली गाउँकमिटीका अध्यक्ष भीमलाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, तिलोत्तमा नगर अध्यक्ष एवं जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईं, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, पार्टी नेताहरु कृष्ण नेपाल, लेखनाथ पाण्डे, बिन्दु प्रसाद चौधरी, केशव चौधरीलगायतले स्वर्गीय थारुले पार्टी काममा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । पुर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका नेताहरु जेल ब्रेक गर्दा थारुको घरमा बस्नुभएको थियो ।