संसार पोष्ट
बुटवल, १६ साउन । नेपाली काँग्रेस संसदिय दल प्रदेश ५ ले गुल्मीको सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक र वडानं ४ लिम्घाका पहिरो पीडितलाई रु १ लाख सहयोग गर्ने भएको छ ।
काँग्रेस संसदिय दलको बिहिबार बसेको बैठकले पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ । संसदीय दलको कार्यालयमा बसेको बैठकले पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
संसदीय दलका उपनेता बीरेन्द्र कुमार कनौडियाको अध्यक्षतामा बसेको बैठकले विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई तत्काल पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसंग आग्रह समेत गरेको छ ।
