Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासंघ आन्दोलनमा जाने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासंघ आन्दोलनमा जाने

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासंघ आन्दोलनमा जाने
80
SHARES
ShareTweet


संसार पोष्ट
काठमाडौ, १६ साउन । नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि आन्दोलनमा जाने भएको छ ।
नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको बिहीबार बसेको बैठकले ऐन कार्यान्वयनका लागि महासंघ दवावमूलक आन्दोलनमा जाने निर्णय गरेको हो ।
समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष एनके दाहाल, एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारीलगायत सहभागी बैठकले सञ्चारगृहहरूले तोकिएको अवधिमा आव २०७६÷०७७ को दरबन्दी र श्रमजीवी विवरण सूचना तथा प्रसारण विभागमा नबुझाइएको सन्दर्भमा न्यूनतम पारिश्रमिक कार्यान्वयन र प्रेस पास नवीकरणमा देखिएको जटिलताको समाधान खोज्न विभागसँग दरबन्दी विवरण बुझाएका र नबुझाएका सञ्चार गृहहरूको नाम सार्वजनिक गर्न दबाब दिने निर्णय गरेको हो ।
सञ्चार गृहहरुले तोकिएको अवधिमा आव २०७६÷०७७ को दरबन्दी र श्रमजीवी विवरण सूचना तथा प्रसारण विभागमा नबुझाइएको सन्दर्भमा न्यूनतम पारिश्रमिक कार्यान्वयन र प्रेस पास नवीकरणमा देखिएको जटिलताको समाधान खोज्न विभागसँग दरबन्दी विवरण बुझाएका र नबुझाएका सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न दबाब दिने र नबुझाएका सञ्चार गृहलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न दबाब सृजना गर्ने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


महासंघले सरकारलाई ऐन कार्यान्वयन गर्ने दायित्व पूरा गर्न र सञ्चारगृहलाई श्रमको सम्मान गर्दै ऐन कार्यान्वयन गर्न पटकपटक आग्रह गरिएको भएपनि दुबै पक्षले उक्त अनुरोधलाई बेवास्ता गरेका कारण आन्दोलन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले दरबन्दी नबुझाएका सञ्चार गृहलाई कानुनी रूपमा विवरण बुझाउन बाध्य पार्न दबाब सृजना गर्ने जनाएको छ । श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक लागू गराउन केन्द्रीय समितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकले निर्णय गरेको छ ।

≪ Previous Post

नेकपाका थारुको स्मृतिमा शोकसभा

Next Post ≫

प्रदेश सभामा बुद्धमुर्ती तोडफोड र मलखादको अभाव बिषयमा सरकारको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क