Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश सभामा बुद्धमुर्ती तोडफोड र मलखादको अभाव बिषयमा सरकारको ध्यानाकर्षण
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश सभामा बुद्धमुर्ती तोडफोड र मलखादको अभाव बिषयमा सरकारको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
प्रदेश सभामा बुद्धमुर्ती तोडफोड र मलखादको अभाव बिषयमा सरकारको ध्यानाकर्षण
100
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १६ साउन । प्रदेश नं ५ को प्रदेशसभा बैठकमा बुद्धमूर्ती तोडफोड, मलखादको अभाव लगायतका विषयमा प्रदेशसभा सदस्यहरुले आवाज उठाएका छन् ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्ने प्रदेशसभा सदस्यहरुले साउनको १६ गते बितिसक्दा समेत किसानले मलखादको अभाव भोग्नु परेको भन्दै तत्काल मलखादको उचित ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य विजय बहादुर यादवले किसानलाई मलखाद र विउ विजन समयमै उपलब्ध गराउन पटक÷पटक आवाज उठाए पनि प्रदेश सरकारले समस्या समाधानमा चासो नदिएको भन्दै गुनासो गर्नुभयो ।
किसानले खेती लगाउने समयमा सधै मलखाद र विउ विजनको अभाव किन हुन्छ ? भन्ने प्रश्न गर्दै सदस्य यादवले सरकारले मलखादको उचित प्रवन्ध पनि गर्न नसक्ने किसानलाई एक बोरा मल भारतीय बजारबाट ल्याउन पनि नदिएर थप समस्यामा पारेको आरोप लगाउनु भयो ।
अर्का प्रदेशसभा सदस्य इन्द्र प्रसाद खरेलले गोदाममा मलखाद भएर पनि किसानले मलखाद नपाएको बताउदै किसानलाई तत्काल मलखाद बितरणको व्यवस्था मिलाउन सरकार संग माग गर्नुभयो ।
संसद र सरकारमा नेकपाको दुई तिहाई बहुमत हुदा पनि सरकारले काम गरेर देखाउन नसकेको गुनासो गर्दै नेकपाकै प्रदेशसभा सदस्य खरेलले काम गरेर देखाउने अवसर नगुमाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेशसभा सदस्य दिनेश पन्थीले गुल्मीको सत्यवती गाउँपालिकामा गएको बाढी पहिरो पीडितहरुको राहत, उद्धार र पुनस्र्थापनामा प्रदेश र संघीय सरकारबाट भएको प्रयास पर्याप्त नभएको भन्दै राहत र पुनस्र्थापना थप ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका बुद्धका ५ वटा मुर्तीहरु तोडफोड भएको घटनाका दोषीहरु अझै सम्म पक्राउ पर्न नसकेको भन्दै घटनाका दोषिहरुलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्नुभयो ।
तिलोत्तमामा राखिएका बुद्ध मुर्तीहरुले भैरहवाबाट गाडीमा बुटवल तर्फ आउदै गर्दा बुद्ध जन्मस्थलमा आएको अनुभुति हुने गरेको स्मरण गराउदै उहांले बुद्धमुर्ती तोडफोडको घटनाले अन्तर्राष्ट्रि«य जगतमा नराम्रो सन्देश गएको बताउनुभयो ।
बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्य बिरबहादुर रानाले असारे विकासको प्रबृत्तिको अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।
असारको अन्त्यमा आएर मात्रै तिब्र रुपमा विकास निर्माणका काम हुने गरेको भन्दै सदस्य रानाले असार भित्रै सक्नुपर्ने काम साउनमा समेत हुदै आएको टिप्पणि गर्नुभयो । बर्षातको समयमा सडक कालोपत्रे गर्नु प्राविधिक हिसावले समेत उपयुक्त नहुने भन्दै उहांले सडक कालोपत्रे गर्ने कार्य जेठमै सक्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पाल्पा दरवार संग्राहालय हाता भित्र हाल धमाधम बिभिन्न संरचनाहरु निर्माण भैरहेको भन्दै उहांले पुरातत्व विभागसँगको समन्वय र स्विकृति बिना त्यस्ता संरचना गर्न नहुनेमा जोड दिनुभयो । बताए ।
प्रदेशसभाको बिहिबारको बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नो मन्त्रालयले गत आर्थिक बर्षमा गरेका कार्यहरुको बारेमा प्रदेशसभालाई जानकारी गराउनुभएको थियो ।
बिहिबारकै बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।
त्यसैगरी बिहिबारकै प्रदेशसभा बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पेश गरेको साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफका लागि प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाउने निर्णय गरेको छ ।

≪ Previous Post

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासंघ आन्दोलनमा जाने

Next Post ≫

चीन भ्रमण टोलीमा सहभागि नामको बिषयमा कांग्रेसको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क