Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चीन भ्रमण टोलीमा सहभागि नामको बिषयमा कांग्रेसको आपत्ति
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चीन भ्रमण टोलीमा सहभागि नामको बिषयमा कांग्रेसको आपत्ति

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
चीन भ्रमण टोलीमा सहभागि नामको बिषयमा कांग्रेसको आपत्ति
80
SHARES
ShareTweet


नाम छनोट दलीय प्रतिनिधित्व कि व्यक्तिगत रिलेशन ?


संसार पोष्ट
बुटवल, १६ साउन । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वको चीन भ्रमण टोलीमा सहभागिहरुको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
भ्रमण टोलीमा सहभागिहरुको बिषयलाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको हो । प्रदेश सरकारले नेपाली कांग्रेस संसदीय दलसँग समन्वय नगरी आफ्नो दलका प्रदेशसभा सदस्यको नाम समावेश गरेको भन्दै कांग्रेसले विरोध गरेको हो ।
बिहिबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य बिरबहादुर रानाले प्रदेश सरकारले संसदीय मुल्य मान्यता मिचेर भ्रमण टोलीको नाम चयन गरेको भन्दै आपत्ति जनाउनुभयो ।
उहांले भ्रमण टोलीमा सहभागिहरुको नाम छनोट दलीय प्रतिनिधित्वको आधारमा गराइएको हो कि व्यक्तिगत रिलेशनको आधारमा हो ? भनि प्रश्न गर्नुभयो ।
नेपाली कांग्रेस संसदीय दलसँग समन्वय नगरी प्रदेश सरकारले पार्टीको तर्फबाट एक जना प्रदेशसभा सदस्यको नाम छनोट गरेपछि सोही बिषयलाई लिएर बिहिबार कांग्रेस संसदीय दलको बैठक समेत बसेको थियो ।
बैठकले त्यस बिषयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए । मन्त्री गिरीको नेतृत्वमा चीन भ्रमणमा जाने टोलीमा नेपाली कांग्रेसको तर्फबाट निर्मला क्षेत्रीको नाम समावेस गरिएको छ ।
भ्रमण टोलीमा मन्त्री गिरी सहित प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बावुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कृष्ण केसी र लुम्बिनी अञ्चल अस्पतालका डा. सागर न्यौपाने रहेका छन् । यही साउन ६ गते बसेको प्रदेश सरकारको मन्त्री परिषद् बैठकले भ्रमणमा सहभागिहरुको नाम स्विकृत गरेको थियो ।

≪ Previous Post

प्रदेश सभामा बुद्धमुर्ती तोडफोड र मलखादको अभाव बिषयमा सरकारको ध्यानाकर्षण

Next Post ≫

स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखालाई तीन दिन भित्र विवरण बुझाउन निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क