Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखालाई तीन दिन भित्र विवरण बुझाउन निर्देशन
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखालाई तीन दिन भित्र विवरण बुझाउन निर्देशन

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखालाई तीन दिन भित्र विवरण बुझाउन निर्देशन
110
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १६ साउन । प्रदेश नं ५ को प्रदेश सभाको सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले खरिद गरेका स्वास्थ्य उपकरण तथा औषधि खरिद सम्बन्धी कागजात तिन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
खरिद गरेका स्वास्थ्य उपकरण तथा औषधि खरिद सम्बन्धी कागजात समयमै बुझाउन ताकेता गर्दा पनि विवरण हाल सम्म उपलब्ध नगराएको भन्दै समितिले कागजात तिन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
बिहिबार बसेको समितिको बैठकले समितिले प्रदेशको स्वास्थ्य निर्देशनालयसँग माग गरेको विवरण हाल सम्म पनि उपलब्ध नगराएको भन्दै तिन दिन भित्र सो कागज पत्र उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको हो ।
समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गतकै शिक्षा महाशाखासँग आर्थिक वर्ष २०७५÷०७६ मा शिक्षा क्षेत्रमा छुट्टाएको वजेट कार्यान्वयको अवस्था बारेको विवरण माग गरेकोमा त्यससँग सम्बन्धि विवरण पनि हाल सम्म उपलब्ध नगराएको भन्दै शिक्षा महाशाखालाई पनि तिन दिन भित्र विवरण उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।
यस अघि बसेको समितिको बैठकले प्रदेशको स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखासँग त्यस सम्बन्धी विवरण माग गर्ने निर्णय गरेपछि समितिले यही साउन २ गते पत्राचार गरेको थियो ।
समितिका सभापति दिर्घनारायण पाण्डेयको सभापतित्वमा बसेको बैठकमा समितिबाट भएको अस्पतालहरुको अनुगमन प्रतिवेदन सम्बन्धमा पनि छलफल भएको समितिका सभापति पाण्डेयले बताउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्यहरु अर्जुन कुमार श्रेष्ठ, बाबुराम गौतम, पुरनमान बज्राचार्य, दिपा बिक, कमला बिक, रिना नेपाल बिक ले अनुगमन प्रतिवेदनमा आ आफ्नो सुझाव दिनुभएको थियो ।

≪ Previous Post

चीन भ्रमण टोलीमा सहभागि नामको बिषयमा कांग्रेसको आपत्ति

Next Post ≫

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क