Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा
50
SHARES
ShareTweet


पाल्पा, १६ साउन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ । सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल यस क्षेत्रको पर्यटकीय गन्तव्य हो । गर्मी महीनामा चिसो हावापानीले ताल क्षेत्रमा जोकोहीलाई पनि लोभ्याउन सकिन्छ ।
पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बोकेको सत्यवती ताल क्षेत्रमा प्रचारप्रसार र भौतिक पूर्वाधारको अभाव रहेको छ । सत्यवती ताल क्षेत्रमा बाजेबज्यैको मन्दिरले झनै यसको महत्व बढाउन सहयोगी बनेको छ । बज्यैले कानले नसुन्ने हुँदा देवीसँग रातिमा चिच्याएर वर माग्नुपर्ने बाध्यता छ । चिच्याएर बर माग्ने अनौठा प्रकारको चलन नेपालको लागि नौलो हो । पछिल्ला वर्षमा चिच्याएर बर माग्ने मेला यहाँको सबैभन्दा आकर्षक पक्ष हो । नौलो र अनौठो प्रकारको धार्मिक मेलाका कारण यहाँ पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ ।
युएनडिपी, एसजिपी र जिइएफको सहयोग तथा स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्रको सञ्चालनमा सत्यवती ताल संरक्षण परियोजनाअन्तर्गत सो क्षेत्रमा मचान निर्माण भएको छ । काठको मचानमा चढेर हिमालय तथा पहाडका डाँडाकाडाको दृश्यावलोकनका लागि उचित गन्तव्य बनेको छ । ताल क्षेत्रको पूर्वी र पश्चिम क्षेत्रमा झाडी व्यवस्थापन गरी मैदान विस्तारले मेलामा आउनेहरुका लागि सहज भएको छ । तालभित्रको माटो हटाएपछि आकर्षक देखिएको हो ।
ताल क्षेत्र र बाजेबज्यै मन्दिर क्षेत्रलाई लक्षित गरी १० घरमा होमस्टे सञ्चालन गरिएको छ । विगतमा यस क्षेत्रमा घुमफिरका लागि निस्केका पर्यटकलाई आवास तथा खानाका लागि समस्या थियो । तर सत्यवती ताल संरक्षण परियोजनाको सहयोगमा होमस्टे सञ्चालनमा आएपछि पर्यटकहरुका लागि आवास तथा खानाका लागि सहज भएको हो । प्रत्येक घरमा चार जना पाहुना अटाउने क्षमताका कोठाको व्यवस्थापन गरिएको छ ।
परियोजना सञ्चालनमा आएपछि परम्परागत पशुपालनलाई व्यवस्थित बनाउन थालेका छन् । साठी घर किसानका गोठमा भकारो सुधार कार्यक्रमअन्तर्गत आर्थिक सहयोगपछि पशुपालनमा युवाको आकर्षण बढ्दो छ । व्यावसायिक तरकारी खेतीका लागि उनीहरुलाई बीउबिजनसमेत प्रदान गरिएको छ । आर्गानिक तरकारीखेतीसम्बन्धी तालीमले व्यावसायिक कृषि पेशामा नै गाउँका युवा फर्केका छन् । तिनाउ गाउँपालिकाले चालू आवमा सत्यवती ताल क्षेत्रमा गाउँपालिकाले शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको छ । शौचालयको अभावले फोहर बढिरहेको हुँदा त्यसको न्यूनीकरणका लागि शौचालय निर्माण गर्न थालेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । प्रदेश सरकारबाट चालू आवमा खर्च हुने गरी रु २० लाख बजेट विनियोजन गरिएको छ ।
होमस्टेमा बर्सेर फर्कने पाहुनाका लागि स्थानीय उत्पादन उपहार स्वरुप प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको फोटो उपहार स्वरुप त्यहाँ पुग्ने पर्यटकलाई गाउँले प्रदान गर्दै आएका हुन् । बेतबाँस र बाँसबाट स्थानीयस्तरमा नै उपहार उत्पादन हुँदै आएको छ । पर्यटकीय क्षेत्र सत्यवतीमा मातृभूमि चुलोप्रति आकर्षण बढेको छ । समयको बचत, दाउराको कम प्रयोग, धुवाँ र धुलो कम उत्पादन हुँदा भान्सामा काम गर्ने महिला तथा पुरुषको स्वास्थ्यमा असर नपर्ने भएपछि स्थानीय बासिन्दा मातृभूमि चुलोको प्रयोगप्रति आकर्षित बनेका छन् । अहिले ६० घरपरिवारमा मातृभूमि चुलो छन् ।
स्वास्थ्य सीपमूलक शौक्षिक विकास केन्द्रका संयोजक रामबहादुर राउतका अनुसार पर्यटन आगमनले स्थानीय बासिन्दामा आयआर्जन गर्ने बाटो खुलेको छ । बाह्रै महीना पर्यटकका लागि आवतजावत गर्ने सबै आधार तय हुँदै गएको छ । पर्यटक, कृषि उत्पादन र पर्यटक घुम्नका लागि सम्पदा निर्माण गरिएकाले वर्षेनी यहाँ पर्यटकको सङ्ख्या बढ्दै गएको राउतको भनाइ छ । सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि तालीमसमेत सञ्चालन गरिएको छ । यसको प्रचारका लागि जिल्ला तथा गाउँपालिका स्तरमा समेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक प्रेम कार्कीले बताउनुभयो ।
तानसेन बुटवल सडक खण्डको चौबिस माइल र झुम्साबाट सत्यवती ताल, सत्यवती बजैको मन्दिरमा पुग्न सकिन्छ । कात्तिक शुक्ल पूर्णिमा कात्तिक महीनामा परेमात्र यो मन्दिरमा पूजा गर्नेहरु बढी आउने गर्छन् । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत दर्शन तथा पुजाअर्चनाका लागि मानिसहरु यहाँ आउने गर्छन् । रासस

≪ Previous Post

स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखालाई तीन दिन भित्र विवरण बुझाउन निर्देशन

Next Post ≫

आज २०७६ श्रावण १७ गते शुक्रवार तदनुसार २ अगष्ट २०१९काे राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क