Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रम
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रम

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रम
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १५ साउन । खीर खाने दिनको अवसरमा बुधबार बुटवलको देबिनगरमा जेष्ठ नागरिक सम्मान, भेटघाट तथा खीर खाने कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ देबिनगर स्थित जेष्ठ नागरिक मञ्च, नवदुर्गा मन्दिर व्यवस्थापन समिति र जि २५ क्लव को संयुक्त आयोजनामा भएको कार्यक्रममा ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै ग्लुकोज बितरण गरिएको जेष्ठ नागरिक मञ्चका उपाध्यक्ष कुलबहादुर केसीले जानकारी दिनुभयो ।
जेष्ठ नागरिक मञ्च देबिनगरका अध्यक्ष रोम बहादुर कुवँरको सभापतित्व र बुटवल वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी रिमा बिसी, समाजसेवी चित्रबहादुर बर्मा, जेष्ठ नागरिक मञ्चका सचिव क्याप्टेन डोर बहादुर थापा, नव दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुँवर, जि २५ क्लव देबिनगरका अध्यक्ष देवु अर्गली, जेष्ठ नागरिक मञ्च देबिनगरका सह सचिव रामचन्द्र तिवारी लगायतले कार्यक्रमबारे आ आफ्नो भनाई राख्नुभएको थियो ।
जेष्ठ नागरिकहरुलाई बितरण गरिएको ग्लुकोजको सौजन्य जेष्ठ नागरिक सुमित्रा खत्रीले गरेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार कार्यक्रममा झण्डै डेढ सय बढिको सहभागिता रहेको थियो ।

≪ Previous Post

डण्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

Next Post ≫

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क