Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0
बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक
60
SHARES
ShareTweet

बुटवल, ३१ वैशाख । २५६६ औं बुद्धपूर्णिमाको अवसरमा रूपन्देहीका युवाले आधुनिक संगीत सहितको बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ । आफैले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत निकै कर्णप्रिय र मन्त्रमुग्ध रहेको छ । युवा वर्ग लक्षित संगीत र बौद्ध चेतनास्तर समेटिएको साधारणतम प्रस्तुतिको यो गीत निर्माणकर्ताको युट्यूब च्यानल MadhuManjil मार्फत् रिलिज (सार्वजनिक) गरिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत व्यक्तित्व मञ्जिल सुवेदीको शब्द र संगीतमा रहेको गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ भने रचनाकार मञ्जिल सुवेदी र मनिष अधिकारीले आवाज दिनुभएको छ ।
यो भिडियोमा नेपाल सरकारका शाखा अधिकृत मधुसुदन भट्टराईको मुख्य अभिनय रहेको छ । भारतमा २ वर्षसम्म चलचित्र निर्माणसम्बन्धी अनुभव लिएका निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भावलाई समेट्नका लागि लुम्बिनीमै विशेष रूपमा भिडियो तयार गरिएको जानकारी दिनुभयो ।
यो भिडियो भिन्दै प्रकारको बनेको, एकपटक पुरै हेरेपछि शान्तिको आभाष हुने र तनाव कम गर्न पटक पटक रूचिपूर्वक हेर्न मिल्नगरी बनाइएको छ । गीतमा चतुरार्यसत्य, आर्यअष्टाङ्गिक मार्ग, चतुर्ब्रह्मविहार, प्रतित्य समुत्पाद, आदि बौद्ध ज्ञानका सूत्रसमेत समेटिएको छ । म्यूजिक भिडियो लागि लिंकबाट हेर्न तथा शेयर गर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=yGKulOPAjxU&ab_channel=MadhuManjil

≪ Previous Post

अर्घाखाँचीको भूमिकास्थान –१ मा कांग्रेसका खनाल निर्वाचित

Next Post ≫

बुटवल २ मा एकिकृत समाजवादीका शाक्य विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क