बुटवल, १ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्वर २ मा नेकपा एकिकृतका उम्मेदवार विजयी भएका छन् । विगतका निर्वाचनमा नेकपा एमालेले जित्दै आएको सो वडामा यसपटक नेकपा एकिकृतले खाता खोलेको हो । वडानम्वर २ को वडा अध्यक्षमा ९०९ मत प्राप्त गरी सुनिल शाक्य विजयी भएका छन् ।
शाक्यले वडाअध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाई पराजित गरेका हुन् । शाक्य ३८ मत अन्तरले वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेले आफ्नो गढ मान्दै आएको वडा नम्वर २ को मत गणना हुंदा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १३०४ र एमाले उम्मेदवार बाबुराम भट्टराईले ७९२ मत प्राप्त गरेका छन् ।
