Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0
गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी
110
SHARES
ShareTweet

प्रविण गाहा
गुल्मी, १ जेठ । गुल्मीदरबार गाउँपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी हुनु भएको हो । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ ।
कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद भुसाल र उपाध्यक्षका उम्मेदवार शुसिल पुन पराजित हुनु भएको हो । भुसाल र पुन गत स्थानीय निर्वाचनमा समेत पराजित हुनु भएको थियो । २०७४ को निर्वाचनमा समेत कांग्रेस चार वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।
कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित थापाले ६१६६ मत ल्याउदा एमालेका भुसालले ५६०२ मत पाउनु भएको थियो । थापाले भुसाललाई ५६४ मत अन्तरले पराजित गर्नु भएको छ । कांग्रेसबाट पालिका उपाध्यक्ष विजयी ढेंगाले ६१८८ मत ल्याउदा पुनले ५५८९ मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रकाश थापाले जानकारी गराउनुभयो । थापाले पुनलाई ५९९ मत अन्तरले पछाडी पार्नु भएको छ । यस पालिकामा कांग्रेस र एमाले दुवै पार्टीले किल्ला जोगाउने र भत्काउने दाउमा थिए । कांग्रेसले आफ्नो किल्ला जोगाउन सफल भएको छ । एमालेको पालिका पल्टाउने रणनीति सफल हुन सकेन ।
वडा नं. १ मा नेपाली कांग्रेसका राजेन्द्र प्रसाद कडेल विजयी हुनु भएको छ । यस वडामा गत निर्वाचनमा एमाले विजयी भएको थियो ।
वडा नं. २ मा एमालेबाट विष्णु प्रसाद गौतम विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडामा एमाले नै विजयी भएको थियो ।
वडा नं. ३ कांग्रेसका राम बहादुर थापा विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडा कांग्रेसले नै जितेको थियो ।

वडा नं. ४ मा एमालेबाट देविराम (बावुराम) पोखरेल विजयी हुनु भएको छ । यस वडामा गत निर्वाचनमा एमाले नै विजयी भएक ो थियो । वडा नं. ५ मा एमालेबाट गुणानिधी पौडेल विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडामा कांग्रेस विजयी भएको थियो ।
वडा नंं ६ मा कांग्रेसबाट मुकेश थापा विजयी हुनु भएको छ । गत निर्वाचनमा कांग्रेस नै विजयी भएको थियो । वडा नं. ७ मा कांग्रेसबाट शालिकराम टण्डन विजयी हुनु भएको छ । गत निर्वाचन पनि यस वडामा कांग्रेस नै विजयी भएको थियो ।

≪ Previous Post

बुटवल २ मा एकिकृत समाजवादीका शाक्य विजयी

Next Post ≫

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क