Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा
90
SHARES
ShareTweet

लुम्बिनी, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार बिहान भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षा फौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् । अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ को अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।
पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स (सभाहल) तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले मायादेवी मन्दिरमा पुजआजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । गृह मन्त्री बालकृष्ण खाँड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री नारायण खड्का सोमबार बिहान लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । अहिले लुम्बिनीको मायादेवी मन्दिर परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ भने भैरहवा देखि लुम्बिनी सम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ ।

≪ Previous Post

गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

Next Post ≫

सैनामैना नगरपालिका–१ मा गठबन्धनका भुवन थापा विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क