सैनामैना, १ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनको बिजयी शुरूवात भएको छ । वार्ड नं १ मा गठबन्धने जीत हासिल गरेको हो । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा वडाध्यक्षमा विजयी भएका छन् ।
उनले नेकपा एमालेका केहरसिंह थापालाई पराजित गर्दै विजयी भएका हुन् । उनले २ हजार ३ सय ९१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका थापाले २ हजार १ सय ६९ मत प्राप्त गरेका छन् । केहरसिंह थापा निवर्तमान अध्यक्ष हुन् । यहाँ कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल छ ।
