पाल्पा, १ जेठ । पाल्पामा २७ वटा वडामा मतगणना सम्पन्न भएको छ भने ५४ वडाको मत परिणाम सार्वजनिक हुन बांकी रहेको छ ।
यो समाचार तयार पार्दासम्म मतगणना सम्पन्न भएका २७ वडाहरु मध्ये नेकपा एमालेले १४ वटा वडामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ११ वटा वडामा र नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ भने १ वडाको परिणाम स्थगित भएको छ ।
पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले पूर्वखोला गाउँपालिकामा ४ वडा, माथागढी गाउँपालिकामा २ वडा, निस्दी गाउँपालिकाकामा २ वडा, रामपुर नगरपालिकामा १ वडा, तिनाउँ गाउँपालिकामा ३ वडा, रिव्दीकोट गाउँपालिकामा १ वडा र रैनादेवी छहरा गाउँपालिकामा १ वडामा विजय हासिल गरेको छ ।
यस्तै नेपाली कांग्रेसले तानसेन नगरपालिकामा ४ वडा, माथागढी गाउँपालिकामा ३ वडा, रामपुर नगरपालिकामा १ वडा, बगनासकाली गाउँपालिकामा १ वडा र तिनाउ गाउँपालिकामा १ वडा र रैनादेवीछहरा गाउँपालिकामा १ वडा विजय हासिल गरेको छ । नेकपा माओवादीले भने रैनादेवी छहरा गाउँपालिकामा १ वडामा मात्र विजय हासिल गरेको छ ।