अर्घाखाँची, ३१ बैशाख । कम्युनिस्टको किल्ला भनेर चिनिने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबांगमा नेपाली कांग्रेसका गोपाल खनाल निर्वाचित भएका छन् । इतिहासमै पहिलोपटक नेपाली कांग्रेसका गोपाल खनालले ८ सय ४७ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका हुन् ।
खनालका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्काचाका भोजराज खनालले ७ सय १६ मत प्राप्त गरेका छन् ।
पालिका प्रमुख मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापाले ९ सय ५५ र एमालेका रेशम थापाले ६ सय ३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा नेकपा माओवादीका बालकृष्ण बन्जाडेले ९ सय ३९ र एमालेका बसन्ता पौडेलले २ सय ८३ मत प्राप्त गरेका छन् ।
