Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सही सयनले अनिद्रा, तनाव देखि हुन्छ मुक्ति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सही सयनले अनिद्रा, तनाव देखि हुन्छ मुक्ति

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
सही सयनले अनिद्रा, तनाव देखि हुन्छ मुक्ति
70
SHARES
ShareTweet


मानव जीवनमा जति महत्व कर्मको छ, त्यति नै विश्राम र शयनको पनि रहेको छ । संसारका सम्पूर्ण मनुष्यको जीवनको लगभग एक तिहाइ भाग बिस्तारामा बित्ने गर्दछ । हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो शयन । शयन अर्थात् सुत्नु गहिरो निद लिनु । मनुष्य मात्र होइन, पशु, पंक्षी, बोट विरुवा सबै शयन गर्दछन । सुत्नुको पनि एउटा विज्ञान छ । दिनभरी काम गर्दा गर्दै हामी थाकेका हुन्छौं र हाम्रो शरीरको उर्जा कम हुन्छ ।

यस्तो बेला हाम्रो शरीरले आराम मागेको हुन्छ । हामी जब सुतेर उठ्छौं तब आफुलाइ फुर्तिलो तेजिलो महसुस गर्छौ । शयनले नै दिनभरको थकानलाइ मेटाएर तनाव देखि मुक्ति दिलाउंछ । निदाएको बेलामा हाम्रो शरीरमा पुनः शक्ति संचित हुन्छ । यो कुरा स्पष्ट हो कि निद्राले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य संग गहिरो सम्बन्ध राखेको हुन्छ । सोही कारण हाम्रा ऋषिमुनीहरुले शयनको विषयमा कतिखेर कसरी सुत्दा राम्रो आनन्दका साथ निद्रा लिन सकिन्छ यस विषयमा बताएका छन । सन्ध्याकालको समयमा सुत्नु हुंदैन ।

सुत्नेबेलामा गोडा दक्षिण तर्फ गर्नु हुदैन । रात्री भोजन पच्छात् तत्काल शयन गर्नु हुंदैन । उक्त नियम शयन सम्बन्धी निर्देशन शास्त्रले दिएको छ । सिरानीले पनि मनुष्यको आयुसंग सम्बन्ध राख्ने गर्दछ । उत्तर सिरानी गर्नाले आयुको क्षय हुन्छ । स्कुल जाने वा पढ्ने विद्यार्थीका लागि पूर्व तर्फ सिरानी गरेर सुताउनाले सकारात्मक उर्जा, स्मरण शक्तिको वृद्धि र शिक्षाको क्षेत्रमा राम्रो सफलता प्राप्त हुने गर्दछ । प्रौढ व्याक्ति वा व्यासायी वर्ग दिनभरीको चिन्ता देखि मुक्त रहन दक्षिण सिरानी गरेर सुत्दा राम्रो हुन्छ । यात्राकालमा पश्चिम सिरानी गरेर सुत्नु राम्रो हुन्छ । अनिद्रा, तनाव आदि रोगले पीडित वृद्ध व्याक्तिहरुका लागि सदैव दक्षिण सिरानी उत्तम मानिन्छ । सुत्नु भन्दा पहिले मधुर संगित भजन सुन्नु, सद्साहित्य पढ्नाले राम्रो संग निदाउन सक्दछ । कम्प्युटर मोबाइल तथा टेलिभिजनबाट निस्किने किरणहरुले निद्रामा असर पुयाउने हुंदा शयन पूर्व एक घण्टा पहिले यी उपकरणहरु बन्द गर्दा राम्रो हुन्छ । राती सुत्दा छिटो निद्रा नलाग्ने समस्या भएका मानिसहरुले मोबाइल टेलिभिजन जस्ता साधनहरु सुत्ने कक्षमा राख्नु उचित मानिदैन । छिटो सुत्नु र छिटो उठ्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । पूर्व वा दक्षिण दिशा सिरानी गरेर सुत्नु विज्ञान सम्वत मानिन्छ ।

यस प्रक्रियाले अनेका बिमारी देखि टाढा राख्दछ । सौर्य जगत धुव्र संग आधारित छ । हाम्रो मानव शरीर पृथ्वीको समस्त चुम्बकिय तरङ्गबाट प्रभावित हुन्छ । स्वयं मानव शरीरले पनि शुक्ष्म चुम्बकीय तरङ्गहरुलाई विकिरण गर्ने गर्दछ । यसरी पृथ्वी र शरीरको चुम्बकीय धुव्रहरु बिच विकषर्ण हुन नदिने गरी सुत्ने तरिका नै दक्षिण सिरानी गर्नु हो । किनभने चुम्बकीय तरङ्हरु दक्षिणबाट उत्तर तिर प्रवाहित हुने गर्दछन । मनुष्य उत्तर सिरानी गरेर सुत्यो भने मनुष्यको चुम्बकीय तरङ्ग र पृथ्वीको चुम्बकीय तरङ्ग बीचको सम्बन्ध टुट्न जाने हुन्छ । सोही कारण उत्तर सिरानी गर्दा हृदयरोग लगायतका अन्य स्वास्थ्य समस्या हुने प्रवल सम्भावना रहन्छ । यस विपरीत दक्षिण सिरानी गरेर सुत्दा शिरबाट भएर गुरुत्वाकर्षण दक्षिणबाट उत्तर तिर प्रगतिशील विद्युत प्रवाह हाम्रो शिरबाट प्रवेश गरेर गोडा तर्फबाट निस्केर जान्छ ।

यो प्रक्रियाले गर्दा भोजन सजिलै पच्ने र बिहान उठ्दा मस्तिष्क विशुद्ध भएर विद्युत परमाणुहरुबाट परिपूर्ण तथा स्वस्थ रहन्छ । सोही कारण दक्षिण सिरानी गर्नु प्रकृति सम्बत पनि हो । धार्मिक ग्रन्धहरुमा दक्षिण दिशाका अधिष्ठाता यमराजलाई मानिन्छ । यदि दक्षिण गोडा गरेर सुत्यो भने यमलोक जाने तैयारी हो भन्दा पनि फरक नपर्ला । यसको विपरीत उत्तर दिशाको मालिक कुवेरलाई मानिन्छ र कुवेर धनका देवता हुन् । उत्तर तिर गोडा गर्नाले कुवेरको दृष्टि व्याक्ति माथि पर्ने र धनधान्यले सम्पन्न हुने विश्वास रहेको छ ।

≪ Previous Post

जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास

Next Post ≫

आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क