Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
आ.ब. २०७५÷०७६ मा रुपन्देही प्रहरीद्वारा६ करोड बढि राजश्व दाखिला
90
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १२ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत आर्थिक बर्ष २०७५÷०७६ मा विभिन्न राजश्व अशुली गर्ने निकायमा ६ करोड बढि राजश्व दाखिला गरेको छ । रुपन्देही प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहिया, राजश्व अनुसन्धान कार्यालय र पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया समेत गरि कुल ६ करोड ७९ लाख ७० हजार ७ सय ४९ रुपैंया बराबरको राजश्व दाखिला गरेको हो ।
प्रहरीले गत आर्थिक वर्षमा भन्सार छलि निकासी पैठारी गरी ल्याइएका ५ करोड २१ लाख ४४ हजार ७२ रुपैयाँ बराबरको सामान बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो ।
यस्तै रुपन्देही प्रहरीले सोही आर्थिक बर्षमा ६२ लाख १८ हजार ४ सय ६० रुपैयाँ मुल्य बराबरको चोरी तथा प्रतिबन्धित कार्यमा प्रयोग भएका ६७ वटा मोटरसाईकल, ४ वटा पिकअप गाडी, २ वटा ट्रक र १ वटा कार समेत बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरीका अनुसार खुल्ला सिमानाको फाईदा उठाउदै भारतबाट कपडा, हार्डवेयरका सामान, मोटरपार्टस, चिनी, ईलेक्ट्रोनिक्सका सामानहरु, किरानाका सामानलगायतका सामनहरु भन्सार छली नेपाल भित्रने गरेका छन्् । यस्तै नेपालबाट तेस्रो मुलुकबाट आयातित दाल, मटर, मरिच, लगायतका समाग्रीहरु भन्सार छली भारत निकासी हुने गरेको छ ।
यस्तै रुपन्देही प्रहरीले गत आर्थिक वष्र्यामा भारतबाट भन्सार छलि नेपाल भित्राएको अन्दाजी ३८ लाख मुल्य बराबरको १३ सय ८८ कार्टुन डायपर र सेनेटरी प्याड भएको कन्टेनर, सुन २१ तोला ६२ लाल, चाँदी १ किलो ९४ ग्राम, स्रोत नखुलेको भारतिय रुपैयाँ ६४ लाख ८९ हजार ४ सय सहित अन्दाजी मुल्य १ करोड ५६ लाख ८ हजार १ सय ७७ रुपैंयाँ बराबरको सामाग्री सहित सो कार्यमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरेको थियो । यसरी बरामद भएका सामाग्री र संलग्न ब्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सोही आर्थिक वयर्षमा नियम तथा मापण्ड बिपरित निकासी तथा पैठारी गर्दै गरेको अबस्थामा ब्रोईलर कुखुराको चल्ला २० हजार १ एक सय ५० गोटा, हाँसको १ दिने चल्ला ५ हजार गोटा, तयारी ब्रोईलर कुखुरा २ हजार १ एक सय ८५ गोटा, ब्रोईलर कुखुराको मासु २ सय २६ किलो बरामद गरी वारदातमा संलग्न ब्यक्तिहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरी कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियामा बुझाईएको छ । यसरी बरामद गरिएको मालवस्तु नष्ट गरिएको र सलंग्न व्यक्तिबाट जरिवाना वापत २ लाख १८ हजार ५ सय रुपैंया राज्य कोषमा दाखिला भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको सक्रियतासंगै खुल्ला सिमानाको फाईदा उठाई हुने चोरी निकासी तथा पैठारीमा धेरै न्यूनिकरण भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

≪ Previous Post

सही सयनले अनिद्रा, तनाव देखि हुन्छ मुक्ति

Next Post ≫

सरकारी कार्यालयमा प्रशासनको अनुगमन, ४ जना कर्मचारी अनुपस्थित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क