बुटवल, १७ कात्तिक । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दिरातिपुर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मनाईदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा आज कुकुरको पूजा गरिन्छ । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।
आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने जनश्रुती छ । मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ । आज घरपालुवा मात्र नभई सडकका छाडा कुकुरहरुलाई पनि माला पहिरायर अबिरको टिका लगाई खाना खान दिने गरिन्छ ।
आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ । कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ भने काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।
यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन आज परेको छ । त्रयोदशी भएकोले बिहान काग तिहार मनाएर सवा ७ बजेपछि कुकुर पूजा गरिँदैछ ।
