Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासीका सबै वडामा प्रहरीको गुनासो पेटिका
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीका सबै वडामा प्रहरीको गुनासो पेटिका

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७८ · 0
नवलपरासीका सबै वडामा प्रहरीको गुनासो पेटिका
60
SHARES
ShareTweet

परासी, १७ कात्तिक । प्रहरीले पश्चिम नवलपरासीका वडातहसम्म गुनासो पेटिका राख्ने अभियान सञ्चान गरेको छ । जिल्ला प्रहरी कार्यालयले राख्न लागेको गुनासो पेटिका जिल्लाका ७ स्थानीय तह र ७४ वडामा राखिने छ ।
रामग्राम नगरपालिकामा बुधबार गुनासो पेटिका राखेर प्रहरीले यो अभियान सुरुवात गरेको हो ।
गुनासो पेटिका राख्ने अभियानको सुरुवात गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले गुनासो पेटिकाले जनताले प्रहरीसँग गरेको अपेक्षा र सुधार गर्नुपर्ने विषयलाई सहजीकरण गर्न सहयोग पुग्ने बताउनु भयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार यो अभियान सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज कुमार यादवले प्रहरी समक्ष पुगेर प्रत्यक्ष रुपमा आफ्ना समस्या राख्न धक मान्ने सर्वसाधारणलाई गुनासो पेटिका सुझाव र उजुरी सुन्ने माध्यमका रुपमा रहने बताउनु भयो ।
जनतासँग नजिक हुन प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरेको स्मरण गराउँदै प्रहरी उपरीक्षक यादवले सामुदायिक प्रहरी साझेदारीको अवधारणलाई अझ बढी प्रभावकारी गराउन गुनासो पेटिकाले थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । गुनासो पेटिकामा आएका सुझाव र उजुरीलाई हरेक महिनामा खोलिने र त्यसलाई कार्यान्वयनमा लगिने उहांले प्रतिबद्धता जनाउनु भयो ।
यसरी गुनासो पेटिका मार्फत आएका गुनासा र सुझावलाई सोझै जिल्ला प्रहरी प्रमुखदेखि प्रदेशहुँदै प्रधान कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

≪ Previous Post

आज कुकुर तिहार मनाईदै

Next Post ≫

कर्तव्य ज्यान मुद्वाका फरार दुई अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क