Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कर्तव्य ज्यान मुद्वाका फरार दुई अभियुक्त पक्राउ
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कर्तव्य ज्यान मुद्वाका फरार दुई अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७८ · 0
कर्तव्य ज्यान मुद्वाका फरार दुई अभियुक्त पक्राउ
70
SHARES
ShareTweet

कपिलवस्तु, १७ कात्तिक । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले कर्तव्य ज्यान मुद्वाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला कपिलवस्तु शिवराज नगरपालिका –९ भगवानपुर बस्ने बर्ष ४२ को गोरे भन्ने चन्द्र बहादुर थापाको हत्यामा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले थापाको हत्यामा संलग्न मृतकको झट्केलो छोरा जिल्लाको बिजयनगर गाउँपालिका ६ भटेनी बस्ने बर्ष २६ को अशोक भन्ने जयन पुन मगर र शिवराज नगरपालिका ९ भगवानपुर बस्ने बर्ष २४ को किरण भन्ने मुकेश महरालाई पक्राउ गरेको हो ।
घटना विवरण अनुसार मिति यही कात्तिक ४ गते जिल्लाको बिजयनगर गाउँपालिका वडा नं. ५ बनगाई स्थित पोखरीमा तत्काल नामथर वतन नखुलेको पुरुषको बेवारीसे लाश पानीमा डुबिरहेको अबस्थामा फेला परेको थियो । घटना पछि ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरीक्षक रणबहादुर बिष्ट सहितको अनुसन्धान टोलीले मृत लाशको घटनास्थल लाश जाचँ प्रकृति मुचुल्का गर्दा शंकास्पद देखिएकोले पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।
प्रहरीले घटनाको थप अनुसन्धान गर्दै जाँदा मृतक शिवराज नगरपालिका –९ भगवानपुर बस्ने बर्ष ४२ को गोरे भन्ने चन्द्र बहादुर थापा रहेको भन्ने पुष्टि भएको र मृतकको झट्केलो छोरा जयनले आफु र आफ्नी आमालाई मृतक थापाले घरमा बस्न नदिएको भनेर किरण महरालाई बोलाई दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गर्दा बनाएको योजना अनुसार राती ८ बजेको समयमा मृतक थापालाई महराको स्कुटीमा चढाई घटनास्थलमा लगरे जयन र महराले कुटपिट गरी थापाको हत्या गरी लाशलाई उक्त पोखरीमा फालेर दुबैजना भागेर फरार भएका थिए । प्रहरीले घटनाको अनुसन्धान संगै फरार अभियुक्तको खोजी गर्ने क्रममा फरार अभियुक्त किरण र जयनलाई पक्राउ गरी जिल्ला अदालत कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्धामा म्यादथप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
प्रहरीले अभियुक्तलाई पक्राउ गर्नुका साथै घटना वारदातमा प्रयोग भएको लु ४६ प ४१८९ नं.को स्कुटर थान–१ र वारदातमा मृतकको घाँटी कस्न प्रयोग गरेको ६० सेण्टिमिटर लामो कपडाको टुक्रा थान–१ समेत बरामद गरेको छ ।
हतियार र लागु औषधसहित एक जना पक्राउ
कपिलवस्तु प्रहरीले जिल्लाको मायाँदेबी गाउँपालिका वडा नं. ८ बिजुवा चोकमा अस्थायी प्रहरी पोष्ट बिजुवाबाट खटिएको प्रहरी टोलीले पिस्तोल र लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चाकरचौडाबाट पकडी तर्फ जाँदै गरेको युपी ५५ ए एफ ०८६६ नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक जिल्लाको मायाँदेवी गाउँपालिका वार्ड नं ६ डुमरा बस्ने बर्ष २२ को फेराज अहमद मुसलमानले बोकेको कालो लेदरको झोला भित्र कालो रंगको ४.५ एमएम ड्यान्जर टोयर पिस्तोल थान १, सोमा लाग्ने काटिज (राउण्ड) थान–२८, लागु औषध जस्तो देखिने स्पास्मो लेखिएको ४२ क्याप्सुल, नाईट्राभेट लेखिएको २१ ट्याव्लेट, भिभो मोवाइल थान १, पेनड्राइभ थान ४ र वाईफाई स्पिडर थान १ बरामद गरेको छ ।

≪ Previous Post

नवलपरासीका सबै वडामा प्रहरीको गुनासो पेटिका

Next Post ≫

रुपन्देही प्रहरीद्वारा पिकअप गाडीसहित ६६ लाख बढिको अबैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क