बुटवल ११ साउन
आज साँझ बुुटवलमा चर्चित ¥यापर साकारको प्रस्तुुती हुँदैछ । जङ्ग प्रोडक्सन बुटवलले आयोजना गर्ने ‘साकार लाइभ इन बुुटवल’ मा युवा माझ चर्चित ¥यापरको पहिचान बनाएका सागर अधिकारीको शनिबार प्रस्तुुती रहने छ । आयोजक जङ्ग प्रोडक्शनले पत्रकार सम्मेलन गरी सो कार्यक्रम बारे जानकारी गराएको हो ।
युवाहरुको चाहना र साकारका गीतको माग भएको बताउँदै कार्यक्रमको आयोजना गरिएको प्रोडक्शनका अध्यक्ष अमित के.सी.लेउनु भयो । उहाँले साकार युवा पुस्ताका चर्चित ¥यापर भएको हुनाले बुटवलमा पनि ¥याप गीतमा रमाउने धेरै युवाहरुको चाहना अनुसार हामीले उनलाई कार्यक्रममा निम्ताएका हौं।’
उनीसँगै कार्यक्रममा पोखराको ड्रिमर्ज व्याण्डको प्रस्तुुती रहने आयोजकले बताएका छन् । कार्यक्रम शनिबार साँझ बुुटवल स्थित द कन्सेप्ट रेष्टुरेण्ट एण्ड बार कालिका नगरमा हुँदैछ । कार्यक्रमा प्रवेशका लागि १ हजार टिकट रहेको छ भने करिब ५ सय जना सहभागी हुने आयोजकले बताएका छन् । कार्यक्रममा सहभागि जनाउन इसेवा मार्फतपनि टिकट लिन सकिने रवि घिमिरेले बताउनु भयो ।
क्लबका अध्यक्ष अमित के.सी.को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्लान बि का सञ्चालक रोहित घले ,आयोजक संस्थाका अभिषेक गुरुङ लगाएतले बोल्दै कार्यक्रमले बुटवलको मनोरञ्जन क्षेत्रमा टेवा पुु¥याउने बताउनु भया