Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ साउनमा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साउनमा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
साउनमा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण
100
SHARES
ShareTweet


काठमाडौँ । धार्मिक आस्था राख्नेहरुका लागि साउन महिना विशेष महिनाको रुपमा रहने गर्छ । यो महिना केही धार्मिक पर्वहरु पनि पर्छन् । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्वीय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ ।
धार्मिक मान्यता के छ भने, साउनको सोमबार व्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै अहिलेका पुस्तालाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरुसँग विज्ञान पनि जोडिएर आएको छ ।
साउन महिनामा किन शिवको पूजा गरिन्छ, किन उपवास बसिन्छ, किन बोलबम धाउने गरिन्छ ? यी सबैको वैज्ञानिक तर्क दिन सकिन्छ । साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ । असारको चटारो सक्न नभ्याउँदै साउन महिना आउँछ । यतिबेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्राम लिने बेला हुन्छ ।
तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो जन–जीविका खेतीपातीबाटै धानिएको छ । खेतीको कुरा जोड्नुको अर्थ के भने, साउन महिना किसान बर्गका लागि पनि विशेष हो ।
खेतीपातीको चटारोबाट विश्राम लिएर मनलाई धर्मकर्ममा लगाउने बेला हो यो । धार्मिक आस्थाको रुपमा मात्र होइन, हाम्रो जीवन पद्धतीसँग जोडिएका कुरा हुन् यी ।
किन व्रत बस्ने ?
साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त आस्थाका कुरा भए ।
विज्ञानको कुरा अर्कै छ । भनिन्छ, बर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानीलगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्को्तिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।
हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।
यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।
किन माछामासु नखाइएको होला ?
साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ । तर, यससँग धार्मिक तर्कमात्र जोडिएको छैन, वैज्ञानिक तर्क पनि छ । माथि पनि उल्लेख गरियो यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ ।
मासुमंसमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन । वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो ।
पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन् महिनामा खाइदिएमा अर्को वर्ष माछाको संख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले माछामासु खानमा नियन्त्रण गरिएको हुनुपर्छ ।
कस्तो खानपान उपयुक्त
यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीरलगायत दुधजन्य परिकार खाने गरिन्छ ।

≪ Previous Post

जग्गाको गलत कारोबार रोकिने

Next Post ≫

आज साँझ बुटवलमा साकार लाइभ इन हुुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क