Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ अतिवादका कारण मुलुकहरु द्वन्द्वमा फसे : परराष्ट्रमन्त्री ज्ञवाली
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अतिवादका कारण मुलुकहरु द्वन्द्वमा फसे : परराष्ट्रमन्त्री ज्ञवाली

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७७ · 0
अतिवादका कारण मुलुकहरु द्वन्द्वमा फसे : परराष्ट्रमन्त्री ज्ञवाली
80
SHARES
ShareTweet

बुटवल, २५ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गौतम बुद्धका उपदेशको पालना गर्दै विश्वलाई नै निशस्त्रीकरणतर्फ लैजानुपर्ने बताउनु भएको छ् । उहाँले हतियारको व्यापारले विश्वमा शान्ति कायम हुन नसक्ने भन्दै हरेकले अतिवाद त्यागेर अघि बढ्नुपर्ने बताउनु भयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा विहिवार बुटवलमा आयोजना गरेको बौद्ध दर्शन र मानवअधिकार विषयक गोष्ठीको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अतिवादकै कारण मुलुकहरु द्वन्द्वमा फसेको बताउनु भयो ।
‘एउटाले अर्काको अस्तित्व नस्विकार्ने परिपाटी कायम छ, यसलाई त्याग्नुपर्छ, उहांले भन्नुभयो–‘अर्बाै रुपैयाँ खर्चेर हतियारमा बलियो हुने दौड रोक्नुपर्छ । गरिवी निवारण र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ ।’
बुद्धका उपदेश पालना गरेमा विश्व शान्ति कायम हुन सक्ने उहांले बताउनु भयो । गौतम बुद्ध नै मानवअधिकारको पहिलो प्रणेता रहेको मन्त्री ज्ञवालीले बताउनु भयो ।
मोरङमा भएको शिक्षक हत्याको प्रसंगमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकलाई अशान्त बनाउने योजना सफल नहुने बताउनु भयो । क्रान्तिका नाममा मानवमाथिको बर्बरता स्विकार नहुने भन्दै उहांले सरकारले यस्ता गतिबिधिलाई निस्तेज पार्ने दाबि गर्नु भयोे ।
मन्त्री ज्ञवालीले बुद्ध शिक्षाको अवलम्बन गर्दै विश्वलाई नै निशस्त्र बनाउने अभियान जरुरी रहेको बताउनुभयो । ‘अहिले कोरोना भाइरस विरुद्धको खोप जुटाउन कम विकसित मुलुकलाई ठूलो चुनौति छ, तर ठूला राष्ट्रहरुले हतियारमै अर्बाै खर्चिरहेका छन्, उहांले भन्नुभयो–‘अतिवादलाई त्यागेर हतियारको शक्तिको दौड रोक्नुपर्नेमा उहांले जोड दिनुभयो ।’
नेपाली जनता शान्ति र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले मुलुकलाई अशान्ततर्फ धकेल्ने प्रयास सफल नहुने बताउनुभयो । शान्ति र अंहिसाको शिक्षा दिने बुद्धकै मुलुकमा यस्ता घटना स्विकार्य नहुने भन्दै उहांले सरकारले त्यस्ता क्रियाकलाप निस्तेज पार्ने बताउनु भयो । मानवअधिकारको पूर्ण प्रत्याभूति दिलाउन सरकार लागिरहेको र कतिपय चुनौतिहरु कायम रहेको उल्लेख गर्दै उहांले विकास र शुसासनसंग जोडेर मानवअधिकारका व्यवस्थाहरु कार्यान्वयन भइरहेको बताउनु भयो ।
सो अवसरमा मानवअधिकार आयोगका पूर्व सदस्य शुशिल प्याकुरेलले बुद्धले २६ सय वर्षअघि नै समाजको विभेदको विरुद्धमा बोलेको बताउनु भयो । मानव, प्राणी सबै समान छन भन्ने कुरा बुद्धले त्यतिबेलै भन्नुभएको थियो भन्दै प्याकुरेलले त्यसलाई अंिगकार गर्न धेरै ढिलो भइसकेको बताउनु भयो ।
बौद्ध दर्शन अध्येता डा. त्रिरत्न मानन्धरले गौतम बुद्धले तत्कालिन जातीय विभेदको विरोध गर्दै सबै मानव एक रहेको बताएको बताउनु भयो । मान्छे जन्मका आधारमा नभई कर्मका आधारमा बिशिष्ट हुने कुरा बुद्धले उहिले नै साबित गर्नुभएको उहाँले भन्नु भयो ।
प्राध्यापक भिक्षु संकिच्क्षले बुद्धका शिक्षा पालनाले मात्रै विश्व शान्तितर्फ उन्मुख हुने बताउनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बौद्ध शिक्षाको विश्वव्यापीकरणले नै समग्र विशवलाई शान्तितर्फ केन्द्रित गर्ने बताउनु भयो ।
विश्व विद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले संयुक्त राष्ट्रसंघको घोषणापत्रदेखि मुलुकको संविधानमा बुद्ध शिक्षाको प्रभाव रहेको बताउनु भयो ।

≪ Previous Post

प्रादेशिक संरचना खारेज नगरिए संघीयताले देश नै खारेज गर्न सक्छ : चित्रबहादुर केसी

Next Post ≫

मानव अधिकार प्रवद्र्धनको लागि बुटवलमा दीप प्रज्वलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क