Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रादेशिक संरचना खारेज नगरिए संघीयताले देश नै खारेज गर्न सक्छ : चित्रबहादुर केसी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रादेशिक संरचना खारेज नगरिए संघीयताले देश नै खारेज गर्न सक्छ : चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७७ · 0
प्रादेशिक संरचना खारेज नगरिए संघीयताले देश नै खारेज गर्न सक्छ : चित्रबहादुर केसी
130
SHARES
ShareTweet

बुटवल, २५ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता असफल सिद्व भैसकेको बताउंदै समयमा नै प्रादेशिक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्न सक्ने बताउनुभयो । उहाँले नेपाल चलाउने सांचो देश वाहिरै रहेको उल्लेख गर्नुभयो ।
शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतालाई सचेत गराउनु पर्ने आवश्यक्ता उहाँले औंल्याउनुभयो ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा, संघीयता र भ्रष्टाचारको बिरोधमा बिहिबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिण तिरबाट नेपालको भूगोलमाथि आक्रमण भैरहेको दावी गर्नुभयो ।
नेपाली जनताले लामो समयसम्म कुरवानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै उहांले सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहांले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत बताउनुभयो ।
छिमेकीले नेपालमा हिन्दुराज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहनुले सत्ता पक्ष र प्रतिपक्षबाट पनि मुलुकमा प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीले बताउनु भयो ।
जनताको गणतन्त्र आउन बांकी रहेको उल्लेख गर्दै उहांले जनताले चाहेको गणतन्त्र ल्याउन परिवर्तनका उपलब्धीहरुको रक्षा गर्नुपर्ने बताउनुभयो । गणतन्त्रको विकल्पमा राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउंदै उहांले हिजो राजाबाट फाइदा लिएकाहरुले सडकमा नारा लगाउंदैमा राजतन्त्र फर्कन सम्भव नरहेको उल्लेख गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले राजावादी र अन्य प्रतिगामीहरुबाट गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाललाई हिन्दु राज्य बनाउने षडयन्त्र भैरहेकाले जनतालाई सचेत बनाउनु पर्ने र गणतन्त्रबादी शक्ति एक ठाउंमा उभिनु पर्ने उहाँले बताउनु भयो ।
सत्तापक्षले सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्दापनि प्रपिपक्ष बोल्न नसकेको टिप्पणि गर्दै उहांले भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दावी गर्नुभयो । उहांले नेपालमा संघीयता असफल सिद्व भैसकेको बताउंदै समयमा नै प्रादेशिक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्न सक्ने बताउनुभयो ।
उहाँले भ्रष्टाचार, अनियमितता,महंगी, कालोबजारी र तस्करीले सीमा नाघेको उल्लेख गर्दै हिजो चप्पल लगाएर काठमाण्डौ गएका नेताहरुको करोडौंका महल र अकुत सम्पति कसरी आर्जन भयो सो को छानविन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता, रुकबहादुर पराजुलीको स्वागत र सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

कोरोना संक्रमितका पिडालाई समेटिएको ‘मान्छे नै हुं म’ गीत सार्वजनिक

Next Post ≫

अतिवादका कारण मुलुकहरु द्वन्द्वमा फसे : परराष्ट्रमन्त्री ज्ञवाली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क