Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोना संक्रमितका पिडालाई समेटिएको ‘मान्छे नै हुं म’ गीत सार्वजनिक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमितका पिडालाई समेटिएको ‘मान्छे नै हुं म’ गीत सार्वजनिक

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७७ · 0
कोरोना संक्रमितका पिडालाई समेटिएको ‘मान्छे नै हुं म’ गीत सार्वजनिक
100
SHARES
ShareTweet

बुटवल, २५ मंसिर । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले कोरोना संक्रमित गीतको सृजना गर्नु भएको छ । रात दिन बिरामीको सेवामा समर्पित डा. खनाल आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान परेको वेला बिरामीका पिडाको अनुभूति र भोलीको भबिष्यका बारेमा आउने सोंचलाई समेटेर डा.खनालले गीतको सृजना गर्नु भएको हो ।
संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको एक कार्यक्रमका बीच विहिवार बुटवलमा सार्वजनिक गरिएको छ ।
समर्पण, पीडा र आशा वोकेको म्युजिक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने मनोभावलाई जस्ताको तस्तै म्युजिक भिडियोमा उतारिएको छ ।
दुःखाईको पिडा, मृत्यु भएपछि परिवारले भोग्नु पर्ने पिडाको अवस्था, संक्रमित हुंदा समाजले गर्ने तिरस्कार, प्लास्टिकमा बेरिएर गरिएको दाहसंस्कार मानसपटलमा कसरी घुम्दछ भन्ने बिषयलाई म्युजिक भिडियोमा उतारिएको छ ।
बिरामीको सेवामा लाग्दा एउटा चिकित्सकमा आउने भावनालाई शब्दमा उनेर डा. खनालले कारुणिक सिर्जना गर्नुभएको छ ।
वालकृष्ण पान्डेको संगित, डा. राजेन्द्र खनालको शब्द, सुदिप सागरको एरेन्ज, सनोज पौडेलको फोटोग्राफी र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजिक भिडियो युट्युव च्यानलमा हेर्न र सुन्न सकिने डा. खनालले बताउनु भयो ।
सामाजिक विकास मन्त्रालयका निर्देशक उमाशंकर चौधरीले आफु संक्रमित हुंदा भेन्टिलेटरमा बसेर कल्पना गरेको कुरा म्युजिक भिडियोमा समेटिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण खनालले आफु संक्रमित हुँदा स्थानीय जनप्रतिनिधिले आफ्नो घरको गेटमा बाहिरबाट ताला लगाईदिएको स्मरण गर्दै आफन्तले समेत १० मिटर टाढाबाट बोल्ने गरेको अनुभव सुनाउनु भयो । कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले समेत कोरोना संक्रमितको उपचारका लागि अस्पतालले गरेका योगदानको वारेमा प्रकाश पार्नु भयो ।

≪ Previous Post

३ वर्षमा ६५० जनालाई बुटवलमा लालपुर्जा

Next Post ≫

प्रादेशिक संरचना खारेज नगरिए संघीयताले देश नै खारेज गर्न सक्छ : चित्रबहादुर केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क