Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ३ वर्षमा ६५० जनालाई बुटवलमा लालपुर्जा
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

३ वर्षमा ६५० जनालाई बुटवलमा लालपुर्जा

संसारपोस्ट संवाददाता · २४ मंसिर २०७७ · 0
३ वर्षमा ६५० जनालाई बुटवलमा लालपुर्जा
60
SHARES
ShareTweet

बुटवल २४ मंसिर
बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि ६ सय ५० लालपुर्जा वितरण गरेकोे छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका ६ सय ५० घर परिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरेको हो ।
बुधबार बुटवल वडा नं. १४ को बेलभरिया र वडा नं. १८ को मोतिपुर दुबौलीमा मात्रै करिब १ सय ५० घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ । यसअघि बुटवलकै वडा नं. १५ मा ४८ परिवार, वडा नं. १६ मा ६३ परिवार, वडा नं. १७ मा ९० तथा वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिसकिएको छ ।
बुटवल–१४ को सेमलार बेलभरिया र मोतिपुरको दुबैलीमा बुधबार एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका ५८ जना घरपरिवारलाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ । बुटवल १८ को दुबौलीमा बुधबारै ८७ वटा लालपुर्जा वितरण गरिएको थियो ।
लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१४ का ८० वर्षीय रामप्रसाद उपाध्याय र ७४ वर्षीय प्रभु थारु, वडा नं. १८ का ७५ वर्षीय चित्रकुट थारु र असिया थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताउनुभयो ।
सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, नगर प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्षहरु १४ का दधिराम न्यौपाने, १८ का हुमनाथ आचार्य र गोश्वारा नापी कार्यालयका टोलीप्रमुख यमप्रसाद पाण्डेसहित त्यहाँका जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा स्वास्थ्य सुरक्षाको मापदण्डसहित लालपुर्जा वितरण गरिएको थियो ।
२०२७ सालदेखि कैयन पटक नापजाँच भएर पनि जग्गाको स्वामित्व पाउन नसकेका बुटवलका विभिन्न वडाका बासिन्दालाई जनप्रतिनिधि निर्वाचित भएसंगै नापी कार्यालयको समन्वय र सहकार्यमा लालपुर्जा वितरण गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

≪ Previous Post

दोष दिएर मात्रै भ्रष्टाचार नियन्त्रण हुदैन ःसभामुख घर्ती

Next Post ≫

कोरोना संक्रमितका पिडालाई समेटिएको ‘मान्छे नै हुं म’ गीत सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क